८ वैशाख २०८१ शनिबार
समाज

जुम्लाकी एकल महिलाकाे नौ वर्षदेखि गोठमा बास

जुम्ला – तिला गाउँपालिका–३ दानीवाडा गाउँबासी ६५ वर्षीया एक महिला ज्वाला तिरुवा नौ वर्षदेखि गोठमा बस्दै आएकी छिन्। 

तेह्र वर्षअघि श्रीमान् गुमाएकी उनी घरबारविहीन अवस्थामा छिन् । छोरा लङ्क तिरुवा गर्भे टुहुरा बनेको थियो । श्रीमान् बितेको तीन वर्षपछि उनले पेट पाल्नका लागि अर्को विवाह गरिन । विवाह भएको दुई वर्षसम्म दोस्रो श्रीमान्सँग बसे पनि उनले त्यहाँ सम्मानयुक्त जीवन जीउन नसकेपछि पुनः पहिलेकै घर दानीवाडा गाउँमा फर्किइन् । 

अहिले उनको साथमा १२ वर्षको छोरा छ । विडम्बना, न उनको नाममा कुनै जग्गा घर छ न त छोराको नाममा नै । दोस्रो विवाह गरेपछि जग्गा कसले कहाँ कसरी उपयोग गरेको छ भन्ने थाहा छैन, उनलाई । मात्र अर्काकोमा ज्याला गरेर जीवन निर्वाह गरिरहेकी छन् उनले । 

पशुसरह जीवन जिउन बाध्य ज्वालाका बारेमा कुनै सरोकारवालाको ध्यान जान सकेको छैन । उनको खान, बस्न र बाँच्न पाउने अधिकार हनन भएको साविकको कुडारी गाविसका सामाजिक परिचालिका सन्तोषी महतले बताइन् । 

परिचालिका महतले उनको सहयोगका लागि भर्खरै मात्र रु १० हजार २४० आर्थिक सङ्कलन गरेको बताइन् । “उनको बस्ने घर निर्माण र सम्मानयुक्त नागरिक जीवन स्थापितका लागि आर्थिक सङ्कलनमा लागिपरेकी छु” – उनले भनिन् । परिचालिका महतले ज्वालाको जीवनका बारेमा सोचिदिन सबै सरोकारवालाहरुलाई आग्रह पनि गरेकी छन् । रासस 

प्रकाशित: २८ चैत्र २०७३ ०९:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App