७ वैशाख २०८१ शुक्रबार
समाज

तार चुँडिएपछि एकदिनदेखी विद्युत अवरुद्ध

खोटाङ – दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइनको तार चुडिँदा खोटाङमा आइतबार साँझदेखि विद्युत अवरुद्ध भएको छ । 

दिक्तेल–गाईघाट ३३ केभी प्रशारण लाइन अन्तरगत उदयपुरको साउनेमा विद्युतको तार चुँडिएपछि खोटाङ अन्धकार बनेको हो । हावाहुरीले विद्युतको तार चुँडाएको हुन सक्ने नेपाल विद्युत प्राधिकरण शाखा दिक्तेलले जनाएको छ । हाल अवरुद्ध विद्युत सुचारु गराउनका लागि प्राधिकरणका प्राविधिक टोली मर्मतमा खटिएका छन् । 

विद्युत अवरुद्ध हुँदा जिल्लाका ४० बढी गाविसका स्थानीय मारमा परेका छन् । विद्युत  अभावमा विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार व्यवसाय सञ्चालनमा सकस भएको छ । 

प्रकाशित: २८ चैत्र २०७३ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App