८ वैशाख २०८१ शनिबार
समाज

अपहरणकाे अाराेपमा जिप्रका झापाका खरिदारसहित ३ पक्राउ

झापा– अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका खिरदारसहित ३ जना पक्राउ परेका छन् । 

झापा प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले दिएको जानकारी अनुसार प्रशासनका खरिदार तेजेन्द्र न्यौपाने, अजय राई र प्रेम न्यौपाने आइतबार साँझ पक्राउ  परेका हुन् ।  

जीवन विष्ट नामका व्यक्तिले विर्तामोड प्रहरीमा दिएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका हुन् । 

उजुरीकर्ता विष्टको नाममा बिर्तामाेडमा रहेकाे करोडौं मूल्य पर्ने जग्गा उनलार्इ अपहरण गरेर सित्तैमा पास गरार्इ हत्याउन खाेजेकाे अभियोग पक्राउ परेकामाथि लागेकाे छ।

‘घटनाको अनुसन्धान भइरहेको छ’, एसपी थापाले भने।  

प्रकाशित: २८ चैत्र २०७३ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App