७ वैशाख २०८१ शुक्रबार
समाज

खाेटाङमा एक व्यक्ति मृत फेला

खोटाङ – खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित मेवा खोला नजिकैका खेतमा एक व्यक्ति मृत फेला परेका छन् । मृतक रुपाकोट मझुवागढी नगरपालिका–१ का लोकनाथ आचार्य भएको प्रहरीले जनाएको छ।

 आइतबार बिहानै घरबाट हिँडेका ४९ वर्षीय आचार्य सोही दिन साँझ रुपाकोट मझुवागढी नगरपालिका–२ स्थित मेवा खोला नजिकै खेतमा मृत फेला परेका हुन् । अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा आचार्य आफ्नै स्वीटर सिरानी लगाइरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्दा शाखाका प्रहरी नायव निरीक्षक मनोज यादवले बताए ।

उनले विष सेवन गरेको हुनसक्ने आशंका गरिए पनि पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको यादवले बताए । 

 

प्रकाशित: २८ चैत्र २०७३ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App