coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चैते दशैंमा साँढे १७ लाख भेटी संकलन

बाग्लुङ  – यहाँको प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंका अवसरमा रु १७ लाख ५४ हजार भेटी संकलन भएको छ । चैते दशैं अवधीभर १७ लाख ५४ हजार ९ सय ५३ रुपैयाँ संकलन भएको गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । 

चैते दशैंमा ६ लाख बढीले कालिका मन्दिरको दर्शन गरेका छन् ।

यो अवधीमा करिब ६ लाख दर्शनार्थीले बाग्लुङ कालिका मन्दिरको दर्शन गरेका छन् । ‘चैते दशैंमा ६ लाख बढीले कालिका मन्दिरको दर्शन गरेका छन्,’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने,‘दर्शनार्थीले चढाएको भेटीबाट साँढे १७ लाख बढी आम्दानी भएको छ ।’

 चैत्र शुक्ल नवरात्रको अवधिमा भेटी ८ लाख ४९ हजार ३ सय रुपैयाँ, परेवा विक्री १ हजार ४ सय २१ जोडी बाट ५ लाख ६८ हजार ४ सय रुपैयाँ, बोका मुढ विक्री ३ सय ६१ बाट २ लाख ६० हजार २ सय ६० रुपैयाँ, रांगो मुढ विक्री १२ बाट ८ हजार ५ सय ३० रुपैयाँ, कुखुरा मुढ विक्री ८ सय २ बाट ३६ हजार ७० रुपैयाँ, चामल विक्री १ सय ३० पाथीबाट ३६ हजार रुपैयाँ, तेल विक्री ६९ पोकाबाट ३ हजार ४ सय ५० रुपैयाँ तथा आर्थिक सहयोग २ हजार ३ सय ४३ रुपैयाँ संकलन भएको गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले जानकारी दिए ।

 कालिका मन्दिर गुठी व्यवस्थापन समितिले सोमबार पत्रकार भेटघाट गरी चैत्राष्टमी मेलाको आयव्यय सार्वजनिक गरेको छ । मेलामा १४ लाख ८४ हजार आय भएकोमा १९ लाख ८० हजार खर्च भएको छ । ‘हामीले परम्परालाई निरन्तरता दिन मेला गरेका थियौं,’ अध्यक्ष खड्काले भने,‘यसबाट नाफा कमाउने हाम्रो उद्देश्य थिएन । मेला सञ्चालन गर्दा केही बढी खर्च भएको छ ।’ 

 

प्रकाशित: २८ चैत्र २०७३ ०५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App