coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

शाहरुख खानको कोलकाता नाइट राइडर्स मुम्बईद्वारा पराजित

मुम्बई— आइपिएलको सातौं प्रतिस्पर्धामा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई चार विकेटले हराएको छ। मुम्बईको वानखण्डे रंगशालामा भएको म्याचमा मुम्बई इन्डियन्सले टस जितेर पहिला फिल्डिङ रोजेको थियो।

पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा शाहरुख खानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १७९ रनको लक्ष्य दिएको थियो। कोलकाता नाइट राइडर्सल टोलीले सात विकेट गुमाएर १७८ रन बनाउन सक्यो। केकेआरका लागि मनीष पाण्डेले शानदार ब्याटिङ गर्दै ८१ रन बनाए। गौतम गम्भीर १९ र लिनले ३२ रन बनाए।

१७८ रन पछ्याउन उत्रिएको मुम्बई इन्डियन्सले शानदार खेल प्रदर्शन गर्दै एक एक बल बाँकी हुँदा १८० रन बनाएर जीत हाँसिल ग¥यो। मुम्बई इन्डियन्सका लागि नीतीश राणले ५०, पार्थिव पटेल ३०, बटलर २८ तथा हार्दिक पाण्डेयले २९ रन बनाए। कप्तान रोहित शर्मा मात्र २ रन बनाएर आउट भए। उनी एलबीडब्ल्यू आउट भएका थिए।

हैदरवाद विजयी

यसअघि हैदारवादमा भएको आइपिएलको छैटौं खेलमा हैदरवाद सनराइजर्सले गुजरात लायन्सलाई ९ विकेटले हारायो।

हैदारवादमा भएको आइपिएलको छैटौं खेलमा हैदरवाद सनराइजर्सले गुजरात लायन्सलाई ९ विकेटले हारायो।

हैदरवादले २९ बल बाँकी छँदा खेलमा विजय भएको हो। ब्याट्सम्यान डेभिड वार्नर चम्केपछि हैदरवादले सहज जीत हात परेको हिो। उनले ४५ बलमा ७६ रनको कीर्तिमानी ब्याटिङ गरे। ट्वान्टी ट्वान्टी क्रिकेटमा उनले ७ हजार रन पनि पूरा गरेका छन्।

पहिला ब्याटिङ गरेको गुजरात लायन्सले हैदरवादलाई१३६ रनको लक्ष्य दिएको थियो। सनराइजर्सले १५.३ ओभरमा एक विकेट गुमाएर १४० रन बनाउँदै जित हात पार्‍यो।
 

प्रकाशित: २८ चैत्र २०७३ ०५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App