coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्डले  जालझेलपूर्ण पोलिटिकल मार्केटिङ गरिरहेका छन् : नेता पोखरेल

पत्रकार सम्मेलनमा एमाले महासचिव पोख्रेल र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङलगायत ।  तस्बिर : भीम चापागाई

इलाम – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको विषयमा नेकपा एमालेलाई मुछेर जाली कुराको ‘राजनीतिक मार्केटिङ’ गरिरहेको बताएका छन् । एमालेसहितको सल्लाहमा संविधान संशोधनको नयाँ मोडल ल्याउन लागेको भन्ने प्रधानमन्त्रीको भनाई गलत र आधारहीन भएको उनले बताए ।

‘संशोधनको नयाँ मोडल भनेको के हो हामीलाई थाहा भएन’ – नेता नेम्वाङ 

प्रेस चौतारी इलाम शाखाले सोमबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारले एमालेसँग संविधान संशोधनको ‘नयाँ मोडल’बारे कुनै छलफल र सहमति नगरेको बताए । ‘अहिले प्रधानमन्त्रीले जुन नयाँ मोडलको संशोधनको कुरा गरिरहनुभएको छ, यो पुष्पकमल दाहालको जालझेलपूर्ण पोलिटिकल मार्केटिङबाहेक केही होइन,’ उनले भने, ‘यस्ता कुराले स्थानीय तहको निर्वाचनलाई असर गर्छ ।’ 

सरकारले बाहिर ल्याइरहेका हल्ला सकेसम्म चुनाव हुन नदिने, मिति सार्ने योजना त होइन भन्ने शंका उत्पन्न हुन थालेको उनले जनाए । ‘तोकिएको मितिमा नगरेर विभिन्न चरणमा चुनाव गर्ने भन्ने अभिव्यक्ति दिनु पनि चुनावविरोधी अभिव्यक्ति हो,’ उनले भने, ‘हिमाल, पहाड र तराई सबैतिर चुनाव तोकिएको मितिमा एकैपटक हुनुपर्छ । कुनै बहानामा चुनाव सार्न मिल्दैन ।’ 

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले पनि संविधान संशोधनको नयाँ मोडल विषयमा एमालेसँग कसैले छलफल नगरेको बताए । ‘नयाँ संशोधन र चुनाव २ चरणमा गर्ने भन्ने कुरा आउँदा हामी आश्चर्यमा परेका छौं,’ नेम्बाङले भने, ‘नयाँ संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेला संशोधनको विषय नै बेमौसमको बाजा भएको हाम्रो भनाई हो । संशोधनको नयाँ मोडल भनेको के हो हामीलाई थाहा भएन ।’

प्रकाशित: २८ चैत्र २०७३ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App