coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

९३ हजार डलरसहित नेवानिका पाइलट विमानस्थलबाट पक्राउ

काठमाडौं— नेपाल वायु सेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित दुवई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुवईका लागि विमान उडाउन विमानस्थल पुगेका थिए। राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अवैध डलर बरामद भएको हो।

नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुवईका लागि विमान उडाउन विमानस्थल पुगेका थिए। राति करिब ११ बजे विमानस्थल सुरक्षा गार्ड प्रहरीले शंका लागेर उनको ब्याग खानतलासी गर्दा अवैध डलर बरामद भएको हो।

पक्राउ परेका उनले आफूबाट गम्भीर गल्ती भएको भन्दै छोरी अमेरिकामा पढिरहेकाले डलर पठाउनका लागि दुवई लैजान लागेको बयान दिएका छन्। विमानस्थलबाट स्रोत खुलाएर सटही गरेको अधिकतम ५ हजारभन्दा बढी डलर लैजान पाइँदैन। नयाँ वानेश्वर निवासी ५५ वर्षीय आवले नेवानिका बरिष्ठ पाइलटमध्ये पर्छन्।

उनलाई विमानस्थल सुरक्षागार्डले राति ११ बजे पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशाला पठाएको थियो। रातिभरि गौशाला वृत्तमा राखेर उनलाई विमानस्थल प्रहरीले थप सोधपुछका लागि बिहान लगेको छ।

‘घटनाको अनुसन्धानका लागि अहिले उनी हाम्रो नियन्त्रणमा छन्। अनुसन्धानपछि राजस्व अनुसन्धान विभाग बुझाउने तयारी भइरहेको छ’, विमानस्थल प्रहरीका एसएसपी प्रेम चन्दले नागरिकन्युजसँग भने।
 

प्रकाशित: २८ चैत्र २०७३ ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App