coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लोकेन्द्रको आक्रामक ब्याटिङ

काठमाडौं- लोकेन्द्र चन्दले आक्रामक ब्याटिङ गर्दै १९ बलमा अविजित ४२ रन बनाएपछि नेपाल कमर्स क्याम्पसले आइतबार सहिद स्मारक कलेजलाई २३ रनले हराउँदै युनिभर्सिटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ निम्त्याइएको नेपाल कमर्सले ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो। लोकेन्द्र चन्दले १९ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। नेपाल कमर्सका पवन श्रेष्ठले २३ रन बनाए भने विप्लव बस्नेतले १३ रन जोडे। रोशन बुदल र धीरज अधिकारीले समान ११ रनको स्कोर बनाए।

सहिद स्मारकका आशिष खड्का र टेकबहादुर सलामीले समान ३/३ विकेट लिए। ललित प्याकुरेल, सागर लम्साल र देव चलाउनेको नाममा समान १/१ विकेट रह्यो।

१ सय ४२ रनको लक्ष्य पछ्याएको सहिद स्मारकले ८ विकेट गुमाएर १ सय १८ रन मात्र जोड्न सक्यो। सहिद स्मारकका लागि विश्वास श्रेष्ठले सबैभन्दा धेरै ३८ रन बनाए। टकबहादुरले २० तथा सागरले १८ रन जोड्नुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपाल कमर्सले अब फाइनल प्रवेशका लागि गोल्डेन गेट कलेजसँग प्रतिस्पर्धा गर्नेछ। गोल्डेन गेटले के एन्ड के कलेजलाई १ सय १५ रनले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो।

टस हारेर ब्याटिङ निम्त्याइएको गोल्डेन गेटले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो। गोल्डेन गेटका ओपनर विजय गौतमले र रविन जोशीले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए भने सुमन उदयसँग पनि दोस्रो विकेटका लागि ४० रनकै साभेदारी गरेका थिए।

विजय र सुमनले समान ३६ रनको स्कोर बनाउँदा रविनले २० रन जोडे। त्यसपछि सुमन र प्रसन्न शाक्यले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे। प्रसन्नले १४ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडे। गोल्डेन गेटका लागि इन्द्रकमलले अविजित २९ रनको योगदान गरे। उनले १३ बलमा ३ चौका र २ छक्का हाने।

के एन्ड केका राम भट्टराईले २ विकेट लिँदा अंकित थापा, रीतेश अधिकारी, कौशल बस्नेत र एलड्रिन शिवाको नाममा १/१ विकेट रह्यो।

२ सय ६ रनको लक्ष्य पछ्याएको के एन्ड केले १७.५ ओभरमा ९० रन बनाउँदा सबै विकेट गुमाएको थियो। के एन्ड केका लागि अमित केसीले सबैभन्दा २० रन बनाए। रितेश अधिकारीले १३ र सुमन ढकालले १२ रन जोड्दा सुजन पौडेल र अंकित थापाले समान १० रनको स्कोर बनाए।

गोल्डेन गेटका रिजन ढकालले ३ विकेट लिए भने अविनाश बस्याल र संजय बस्नेतले समान २/२ विकेट लिए।

प्रकाशित: २८ चैत्र २०७३ ०४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App