coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पूर्वाञ्चल र सुदूर पश्चिम विजयी

इटहरी- पिएओ लुब्रिकेन्ट्स प्रथम यु–१९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल विजयी भएका छन्।  इटहरीको डिभिएम स्कुलको खेलमैदानमा आइतबारदेखि सुरु भएको पहिलो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३० रनले पराजित गर्‍यो।

टस जितेर पहिला ब्याटिङ गरेको पूर्वाञ्चलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो। पूर्वाञ्चलका लागि सुन्दीप ढुंगानाले ३२, अंकित सुवेदीले ५९ र अविनाश कर्णले २४ रन बनाए। पश्चिमाञ्चलका लागि अनिल खरेलले ३ र राहुल चौहानले २ विकेट लिए।

 १६० रनकोे लक्ष्य पछ्याएको पश्चिमाञ्चलले १ सय २९ रन मात्र बनाउन सक्यो। पश्चिमाञ्चलका लागि कुशल मल्लले ३६ र प्रज्वल थापाले २० रन बनाए। पूर्वाञ्चलका ४ विकेट लिएका मिनस थापा म्यान अफ दी म्याच भए।

दोस्रो खेलमा सुदूर पश्चिमाञ्चलले मध्यमाञ्चललाई ७ विकेटले हरायो। पहिला ब्याटिङ गरेको मध्यमाञ्चल टिमले १६ ओभरमा सबै विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो। मध्यमाञ्चलका सोनु अन्सारीले २८ र अब्दुला अन्सारीले २६ रन बनाए। सुदूर पश्चिमाञ्चलका लागि अमन पन्थीले ३ र निरञ्जन सिंहले २ विकेट लिए। जबाफी ब्याटिङमा आएको सुदूर पश्चिमाञ्चलले १५ ओभरमा ३ विकेट गुमाउँदै विजयलक्ष्य पूरा गर्‍यो। सुदूर पश्चिमाञ्चलका तर्फबाट अजय विष्टले ३२ र वसन्तसिंह कार्कीले १५ रन बनाए। मध्यमाञ्चलका महमद हुसेन र सोपल हलुवाईले समान १ विकेट लिए। खेलमा सुदूरपश्चिमाञ्चलका अमन पन्थी म्यान अफ दी म्याच घोषित भए।

इटहरीमा  खेलाडी उत्पादन गर्नका लागि चारदिने इटहरी प्रिमियर लिग सुरु भएको हो। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरे।

प्रकाशित: २८ चैत्र २०७३ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App