४ वैशाख २०८१ मंगलबार
विचार

तिमाल जात्राको ऐतिहासिकता

प्रत्येक वर्ष चैत्र पूर्णिमाको दिन बौद्ध, स्वयम्भू र नमोबुद्ध ९ज्यारु खस्योर, सिङगुन र नमोबुद्ध० मा 'तिमाल जात्राु लाग्ने गरेको छ। तामाङ जातिको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा स्थापित ऐतिहासिक तिमाल जात्रा बौद्धधर्म अनुसार आदिमकालमा काभ्रे तेमालरतिमालबाट बौद्धधर्मवालम्बीहरु चैत्र पूर्णिमाको दिन परिवारमा मृत्यु भएकाको सम्झनामा उनीहरुको आत्माले शान्ति पाओस् भनी बौद्धमा छ्योमि ९बत्ती० बाल्ने, मृत्तकका नाममा पूजापाठ ९ङो० गर्ने प्रचलन छ। यही परम्परालाई पछ्याउँदै हरेक चैत्र पूर्णिमाको अवसरमा बौद्धमा बौद्ध धर्मका अनुयायीहरुले आज र भोलि मृतकको नाममा बत्ती बाल्ने गर्छन्। विभिन्न सन्दर्भ र ऐतिहासिक पाटोका आधारमा मेला तथा जात्रा लागे पनि तिमाल जात्रा ऐतिहासिक महत्व बोकेको पर्वकै रुपमा धेरैअघिदेखि मानिँदैआएको छ।

सन् १८१९ मा तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलको समयमा आफन्त दिवंगत भएपछि उनीहरुको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले तेमालबाट बौद्धमा आई छ्योमि बाल्ने प्रचलन चलेको हो।

ऐतिहासिक रुपमा हेर्दा सन् १८१९ मा तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलका कोही आफन्तको मृत्यु भएपछि तिनको आत्माले शान्ति पाओस् भन्ने उद्देश्यले तेमालबाट बौद्धमा आएर छ्योमि बाल्ने प्रचलन बसेको हो। पछि देशैभरिका तामाङ जातिले यही रीतलाई पछ्याएर मृतकहरुको आत्माको शान्तिका लागि यो चाड मनाउने चलन बसेको देखिन्छ। अहिले पनि बौद्धमा आएर ९ङो० मोलम पाठ प्रचलन कायमै छ। 

नेपालको तिब्बतसितको लडार्इं र बेत्रावती सन्धि ९सन् १७९२० पछिको दस बुँदे सम्झौतापछि भने विभिन्न जिल्लाका तामाङ जातिलाई मेलामा जान खुल्ला गरिएको थियो। ‘पूर्व–पश्चिम नेपालयात्रा’ पुस्तकमा रसुवाका मानिसलाई स्वयम्भू ९काठमाडौं० आउनका लागि यसअघि अनुमति लिनुपर्ने अवस्था रहेको उल्लेख पाइन्छ।

चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तुपमा आफ्ना परिवारको आत्मा शान्तिका लागि दाहिनेबाट घुम्दै एक सय आठ खोपामा रहेको बुद्धमूर्तिसमक्ष बत्ती बाल्ने परम्परा छ। कतिपय भक्तजनले भने बौद्धभित्रको गुरु ल्हाखाङ गुम्बामा मृतकको नाममा बत्ती बाल्ने र पूजा गर्ने गर्छन्। पूजा गरेको भोलिपल्ट बालाजु बाइस धारामा स्नान गरी स्वयम्भू र नागार्जुनमा धार्मिक पूजा गरेमा मृतकको आत्माले शान्ति पाउने अनुसन्धानकर्ता रवीन्द्र तामाङको पुस्तक ‘तिमाल जात्रा २०५४’ मा उल्लेख छ। यसरी बौद्ध महास्तुपबाट सुरु भएको तिमाल जात्रा स्वयम्भूमा छ्योमि बालेपछि मात्रै पूर्ण रुपमा सफल हुने विश्वास गरिन्छ।

यसरी चैत्र पूर्णिमा जात्रा तामाङ जातिभित्र धार्मिक एवं सांस्कृतिक पहिचानका रुपमा जीवन्त रहेको पाइन्छ। तथापि तिमाल जात्राको सुरुवात कसरी र कहिले भयो भन्ने विषयमा ठोस लिखित प्रमाण भने भेटिएको छैन। चैत्र पूर्णिमाको दिन सदियौँदेखि बौद्धमा तिमाल जात्रा पर्व लाग्दैआएको छ। यस तिथिमा फुलचोकी डाँडामा पनि तामाङ झाँक्रीहरुले पूजा गर्ने गरेका छन्।

तामाङ जातिको परिवारभित्र आफन्तको मृत्यु भए बौद्ध धर्म संस्कारअनुसार मृतकको अस्तु घरमा चोखो ठाउँमा राखी बत्ती बाली पूजा गरिन्छ। यही क्रममा चैत्र पूर्णिमाको दिन बौद्धमा मोलम पूजापाठ गरी बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूमा बत्ति बालेर सेलाउने गरिन्छ। यसरी मानवअस्तु सेलाएपछि आफन्तलाई नपिरोल्ने र मृतकको आत्मा स्वर्ग पुग्ने विश्वास छ।

तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे बलको पालादेखि राजकीय चाडको रूपमा तेमाल जात्रालाई निरन्तरता दिँदैआएका थिए। सत्य युगमा काठमाडौं उपत्यका दहको रूपमा रहेको बेला क्रकुच्छन्द बुद्ध आई नागार्जुन डाँडामा बसेर साधना गरी ऋद्धिसिद्धि शक्तिका भरमा चैत्र पूर्णिमाको दिनमा कमलको फूल उत्पत्ति गराइदिएको र सोही समयबाट तेमाल जात्राको सुरुवात भएको किंवदन्ती छ।

बुद्धले नागार्जुन डाँडाबाट दहको अवलोकन गरी चैत्र पूर्णिमाको दिन हाल गुहेश्वरी रहेको ठाउँमा कमलको फूल रोपेकाले त्यसैको सम्झनामा तेमाल जात्रा थालिएको जनविश्वास गर्नेहरु पनि छन्। यस दिन नेपाल बाहिरका भारत, भुटान, म्यानमार लगायत देशका बौद्ध धर्मावलम्बी स्वयम्भू र बौद्धमा आउने गरेका छन्।

बौद्ध धर्मको पात्रअनुसार १२ ल्हो ९जीवजन्तुको चक्र० परिक्रम गर्ने क्रममा चरा वर्षको यस दिन बौद्धनाथ र स्वयम्भूमा प्रार्थना गरे शान्ति मिल्ने र मनोकामना पूरा हुने जनविश्वास छ। बौद्ध धर्म–संस्कृतिको सबैभन्दा ठूलो मेला तेमाल जात्रा रहेकाले यस मेलालाई नेपालको पहिलो जात्राका रुपमा मान्नेहरुको पनि कमी छैन।

सत्ययुगमा बन्धुमती नगरबाट विपस्वी बुद्ध काठमाडौं आएको किवंदन्ती पाइन्छ। त्यसबेला काठमाडौं उपत्यका जामाचो पर्वत ९नागार्जुन डाँडा० मा विपस्वी बुद्धले साधना गरेको प्रमाण अझै नागार्जनुमा छ। विपस्वी बुद्धले चैत्र पूर्णिमाकै दिन उपत्यकाको पानी दहमा कमलको बीउ रोपेर कमल फूलेको धार्मिक विश्वास छ। आश्विन शुक्ल पूर्णिमाका दिन कमलको फूलमा स्वयम्भूमा अलौकिक ज्योति उत्पन्न भएको र उक्त ज्योतिको दर्शनका लागि विभिन्न कालखण्डमा शिखी बुद्ध, विश्वभु बुद्ध, क्रकुच्छन्द बुद्ध, कनकमणि बुद्ध र काश्यप बुद्ध स्वयम्भू आइपुगेको विश्वास गरिन्छ। यस्तै, मञ्जुश्री आफ्ना शिष्यहरुसित स्वयम्भूको अलौकिक ज्योतिको दर्शन गर्न आउने क्रममा आफ्नो खड्कले चोभारको डाँडा काटेर उपत्यकाको पानी बाहिर फालेको किंवदन्ती छ। यसपछि नै स्वयम्भू चैत्य, चैत्र पूर्णिमाकै दिन देखिएको थियो। यिनै ऐतिहासिक तथ्यहरुका आधारमा हरेक वर्ष चैत्र पूर्णिमाको दिन मृतकहरुको आत्माको सम्झनामा बत्ती बाल्ने मोलम पाठ गर्ने परम्परा छ। बत्ती बाल्ने काम सकिएपछि दुःख बिर्सन गाउँगाउँबाट आएका महिला तथा पुरुषहरुबीच तामाङ मौलिक फापारे गीत गाउने परम्परा छ।

प्रकाशित: २८ चैत्र २०७३ ०३:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App