८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसलाई नचिढ्याऔं : देउवा

धनगढी- कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसीलाई चिढ्याएर एमाले देश टुक्र्याउन सक्रिय रहेको आरोप लगाएका छन्। 'पहाड र मधेसबीच झगडा गराउने षड्यन्त्र भइरहेको छ', कैलालीको अत्तरियामा आइतबार प्रदेश नम्बर ७ स्तरीय चुनावी अभियान आरम्भ गर्दै देउवाले भने, 'यस्तो कार्य राष्ट्र हितविपरीत छ।' सीमामा बसेर राष्ट्रको भूमि जोगाउन ज्यानको बाजी दिएर मधेस र तराईका जनता लडिरहेको उल्लेख गर्दै देउवाले मधेसीलाई चिढ्याउन नहुने बताए।

कांग्रेसले स्थानीय तहको निर्वाचन प्रचारप्रसार अभियान 'कांग्रेसले बनायो जनताको संविधान, स्थानीय निर्वाचनमा कांग्रेसलाई मतदान' भन्ने मूल नाराका साथ आइतबार कैलालीबाट सुरु गरेको हो। 'मधेस नेपालमा छ कि नै, मधेसी नेपाली हुन् कि नै, मधेसीलाई चिढ्याएर नेपाल कसरी एक हुन्छ', सभापति देउवाले भने, 'बोर्डर कुरेर बसेका जनतालाई चिढ्याउने काम गर्न हुँदैन।' मधेसका पक्षमा मात्र कुरा गरेर पहाडको विरोध गर्ने र पहाडमात्र कुरा गरेर मधेसको विरोध गर्ने पार्टी गलत भएको उनले बताए। 'मधेसको मात्र कुरा गरेर पहाडको विरोध गर्ने र पहाडको कुरा गरेर मधेसको विरोध गर्ने पार्टीले देश टुक्र्याउँदैछन्', उनले भने। हिमाल, पहाड, तराई र मधेसका जनताबीचको मेलमिलापले राष्ट्रिय एकता बलियो हुने उनले बताए। 

स्थानीय तहको चुनावमा कांग्रेसले जितेमा वृद्धभत्ता दोब्बर गर्ने, गाउँमा बजेट बढाउनेलगायतका विकासका काम गर्ने दाबी उनले गरे।

वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्धिमा लैजान कांग्रेसको विकल्प नभएको बताए। 'संविधान बनिसकेपछि समृद्धिको नेतृत्व कांग्रेसमात्र गर्न सक्छ', उनले भने। संविधान कार्यान्वयन भएन भने संघीयता गुम्ने उल्लेख गर्दै उनले सानामसिना कुरालाई लिएर उपलब्धि नगुमाउन मधेसी दललाई सहमतिमा आउन आग्रह गरे। एमालेले राष्ट्रवादको कुरा गरेर राष्ट्रवादलाई कमजोर पार्न खाजेको उनको आरोप छ।

महामन्त्री शशांक कोइरालाले कांग्रेस आफ्नै छायाबाट डराउन नहुने  बताए। उनले सभापति देउवालाई एकताबद्ध भएर पार्टीलाई चुनावमा लैजान सुझाव दिए। कांग्रेसलाई एकताबद्ध बनाउन भी आकारमा फेस गर्ने कुशलता देउवामा हुनुपर्ने

कोइरालाको भनाइ छ। 'स्थानीय तहको चुनावमा पार्टीबाट बागी उम्मेदवार बन्नेलाई आजीवन कारबाही गरिनुपर्छ', उनले भने, 'पार्टीलाई हराउने खेलमा लाग्नेलाई पार्टीमा कुनै स्थान दिनु

हुँदैन। यो स्थानीय तहको निर्वाचनको विशेष महT\व भएकाले कांग्रेसलाई जिताउनुपर्नेमा उनले जोड दिए।

नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक परिवर्तन र व्यवस्थापन नेपाली कांग्रेसले मात्र गरेको दाबी गरे। उनले संविधान कार्यान्वयन गर्न पनि कांग्रेसले जित्नुपर्ने बताए। संविधान कार्यान्वयनको एकमात्र अजेन्डा निर्वाचन भएको उनले बताए। 'मेचीबाट सबै अभियान सुरु हुने गरेकोमा हामीले चुनावी अभियान पश्चिमबाट सुरु गरेर पूर्वतर्फ लैजानेछौं', सिटौलाले भने।

प्रकाशित: २८ चैत्र २०७३ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App