coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एनसेलको कर उठाउने विषयमा सम्झौता हुँदैन: प्रधानमन्त्री

लेखा समितिमा प्रधानमन्त्री दाहाल। तस्बिर: विजय गजमेर

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल बिक्रीमा नेपाल सरकारले पाउने पुँजिगत लाभकर जसरी पनि उठाउने बताएका छन्। आइतबार सार्वजनिक लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले एनसेल खरिद बिक्रीबाट लाभकर उठाउन अप्ठारो नभएको उनले बताए। 

‘राज्यले पुँजिगत लाभकर उठाउन कुनै अप्ठारो छैन,’ लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले भने, ‘एनसेल यहीँ छ, कहीँ गएको छैन।’

आजियाटालाई एनसेल बिक्री गर्दा टेलिया सोनेराबाट नेपाल सरकारले पाउने पुँजिगत लाभकर किन नउठेको र यस विषयमो मन्त्रिपरिषदले गरको ‘निर्णय’ के भएको हो भन्ने विषयमा बुझ्न समितिले आइतबार प्रधानमन्त्रीलाई बोलाएको हो।

समितिमा उपस्थित प्रधानमन्त्री दाहालले कर उठाउने विषयमा कुनै पनि सम्झौता नगर्ने बताए । छिटोभन्दा छिटो निर्णय लिएर कर उठाउन तयार रहेको समेत उनले बताएका थिए।

‘राज्यले पुजिगत लाभकर उठाउन कुनै अप्ठारो छैन,’ लेखा समितिमा बोल्दै प्रधानमन्त्रीले भने, ‘एनसेल यही छ, कही गएको छैन।’

मन्त्रिपरिषदमा एनसेलको पुँजिगत लाभकर विषयमा निर्णय भएको भन्ने विषयमा बोल्दै प्रधानमन्त्रीले बाहिर आए जस्तो कुनै पनि निर्णय नभएको बताए। ‘बाहिर समाचारमा आए जस्तो मन्त्रिपरिषदले कुनै पनि निर्णय लिएको छैन,’ प्रधानमन्त्रले भने, ‘यो विषयमा सामान्य छलफल मात्र भएको हो।’

प्रधानमन्त्रीले विभिन्न समितिले पठाएका पत्र, त्यही बेला एनसेलबाट आएको पत्रका आधारमा देशकै ठूलो कारोबार भएको यस विषयलाई अगाडि बढाउन पर्छ भनेर मन्त्रिपरिषदमा कुरा उठाइएको उनले बताए। ‘यो विषय कसैले ठाडो प्रस्ताव लगेको होइन,’ उनले भने, ‘न त अर्थमन्त्री ज्यूले लानु भएको हो न त मैले लगेको हुँ । सामान्य कुरा मात्र भएको हो।’

त्यसैगरी प्रधानमन्त्रीले एनसेल बिक्रीको बेलामा बिक्रेतालाई किन सजिलै छुट दिइयो भन्ने विषयलाई अनुसन्धान गर्ने पनि बताए। कहाँ, कसरी कमजोरी भएको छ त्यो अनुसन्धान गर्ने र बिक्रेतालाई किन सजिलै छुट दिइयो भन्ने विषयलाई पनि अध्ययन गर्ने उल्लेख गरे।

प्रधानमन्त्रीले पुँजिगत लाभकर उठाउने विषयमा बिक्रेता र क्रेता दुबैलाई राखेर छलफल गरेर समुचित निर्णय लिन सकिने समेत बताए । ‘कर उठाउने विषयमा बिक्रेता र क्रेतालाई राखेर छलफल गर्न सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘बिक्रेता पनि यो धर्तीभन्दा बाहिर गएको छैन, छिमेकी देशमै भएकाले उसलाई ल्याउन नसकिने भन्ने होइन।’

छलफलमा उपस्थित सांसदहरूले एनसेल खरिदबिक्रीको पुँजिगत लाभ कर छिटोभन्दा छिटो उठाउन आग्रह गरेका थिए । सरकारले कर उठाउन ढिला गरेको भन्दै प्रधानमन्त्रीले यसको छिटो निर्णय लिन उनीहरूले आग्रह गरेका थिए।

एनसेलको कर उठाउन ३ महिना समय मागेकोमा अब बाँकी समयभित्र कर उठाउन समितिले सरकारलाई निर्देशन दिएको छ। त्यसैगरी, कर उठाउन किन ढिला गरिएको हो, बिक्रेतालाई किन सजिलै भगाइयो भन्ने विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति डोरप्रसाद उपाध्ययले बताए।

अघिल्लो वर्षको पुस महिनामा युरोपको टेलियासोनेराले मलेसियाको आजियाटालाई १ खर्ब ४० अर्ब रुपैयाँमा एनसेल बिक्री गरेको थियो । दुई कम्पनी बीच खरिदबिक्रीको प्रकृया पुरा भएको लामो समय हुदा पनि पुजिगत लाभकर भने नेपाल सरकारले पाउन सकेको छैन । पुजिगत लाभकर उठाउन दबाब बढ्दै गएपछि एनसेलको स्वामित्व लिएको आजियाटाले आफ्नो तर्फबाट भन्दै झन्डै १० अर्ब रुपैया बुझाएको थियो ।

सम्पुर्ण कारोबार मध्ये आजियटाले ८० प्रतिशत सेयर किनेको थियो भने भावना सिंह श्रेष्ठ नाममा २० प्रतिशत सेयर छ । गैरआवासिय नेपाली नागरिक नीरजगोविन्द श्रेष्ठमा रहेको सेयर भावनालाई बेच्दा आउने पुजिगत लाभकर मात्र बुझाइएको थियो। २० प्रतिशत सेयर वापत आउने २ अर्ब ८३ करोड रुपैया पुजीँगत लाभकर सरकारले प्राप्त गरिसकेको छ।    

 

 

प्रकाशित: २७ चैत्र २०७३ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App