५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

सिरियाको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

दमासकस – इस्लामिक स्टेट (आइएस), लडाकूहरूको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ। 

मृत्यु भएकाहरूमा चार बालबालिका र एक महिला रहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले जनाएको छ । सिरियाको पश्चिमी भागमा पर्ने राक्का प्रान्तको हैदेह भन्ने ठाउँमा सो आक्रमण भएको हो । 

आतङ्कवादविरुद्ध अमेरिका नेतृत्वको गठबन्धनले गरेको हवाई आक्रमणमा परी केही दिन अगाडी मात्रै पनि १० जना सर्वसाधारणको मृत्यु भएको थियो। 

गत महिना पनि अमेरिका आवद्ध हवाई आक्रमण परी मन्सुरा सरहको एक विद्यालयमा बसिरहेका ३३ जनाको मृत्यु भएको थियो। 

सिरियामा सन् २०१४ देखि अमेरिकी नेतृत्वको युद्धक विमानबाट बेला बेलामा आम नागरिक पीडित हुनेगरी आक्रमण हुनेगरेको छ। 

सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बशार अल असादको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो। 

यस गृहयुद्धमा अलकायदा र इस्लामिक स्टेटजस्ता आतङ्ककारी समुहहरु दावी हुँदै गए । यस युद्धमा परी सो समयदेखि हालसम्म तीन लाख १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। 

त्यसगरी यस युद्धमा परी लाखौँ व्यक्ति घाइते भएका छन् भने लाखाैँ आफ्नै देश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । रासस/सिन्ह्वा

प्रकाशित: २७ चैत्र २०७३ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App