८ वैशाख २०८१ शनिबार
समाज

बर्दियामा ४० प्रतिशत विद्युत् चुहावट

बर्दिया – नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रले विद्युत् चोरी गरी प्रयोग गर्ने दुई सय ९५ जनालाई कारबाही गरेको छ । 

घरायसी तथा व्यापारिक प्रयोजनका लागि विद्युत् चोरी गर्दै आइरहेका त्यस्ता व्यक्तिलाई कारबाही गरिएको प्राधिकरणका प्रमुख अवधेशकुमार गुप्ताले बताए । 

उनले बर्दियामा विद्युत् चुहावटले विकराल समस्या बनाइरहेको हुँदा यसलाई न्यूनीकरण गर्न आफूहरु लागि परेको जानकारी दिए । यस आर्थिक वर्षको फागुन मसान्तसम्म विद्युत् चोरी गर्ने करिब तीन सयजनालाई पक्रेर गरिएको कारबाहीमा रु २४ लाख विगोबापत क्षतिपूर्ति समेत असुल गरिएको छ । विद्युत् चुहावटकै कारण लोडसेडिङ बढाउनुपर्ने अवस्था बर्दियामा छ । अहिले बर्दियामा करिब ४० प्रतिशत विद्युत् चुहावट हुने गरेको पाइएको छ । रासस 

प्रकाशित: २७ चैत्र २०७३ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App