coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

न्यायपालिकाप्रति सम्वेदनशील छुः कोइराला

कांग्रेस महामन्त्री शशांक कोइराला। फाइल तस्विर

काठमाडौं—प्रहरी महानिरीक्षक फैसलाका कारण सर्वोच्च अदालतलप्रति असन्तुष्ट देखिएको प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले न्यालयको गरिमाप्रति आफू सम्वेदनशील रहेको बताएका छन्।

उनले आफूबाट पहिला भएका र आगामी दिनमा हुने अदालतसम्बन्धी टिप्पणी 'न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने', उल्लेख गरेका छन्।

इतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले संसदीय शासन प्रणाली, स्वतन्त्र न्यालय, प्रेस स्वतन्त्रता र मानवअधिकारजस्ता विषमा आफू अविचलित प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्।

शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम नेपालको संविधानले निर्धारित गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार र कर्तव्यप्रति सचेत रहेको भन्दै महामन्त्री कोइरालाले भनेका छन्, 'कार्यपालिकाको क्षेत्राधिकारबारे म जति सुस्पष्ट छु, उत्तिकै सम्मानीत न्यायालयको उच्चतम गरिमालाई कदर गर्नुपर्ने दायित्वप्रति संवेदनशील रहेको जानकारी गराउन चाहन्छु।'

उनले आफूबाट पहिला भएका र आगामी दिनमा हुने अदालतसम्बन्धी टिप्पणी 'न्यायालयको उच्चतम गरिमालाई केन्द्रमा राखेर र लोकतन्त्रको मूल्य बमोजिम नै हुने', उल्लेख गरेका छन्।

सरकारले गरेको प्रहरी महानिरीक्षक नियुक्ति विवाद सर्वोच्च अदालतमा बहस हुँदा तेस्रो बरियताका जयबहादुर चन्दको नियुक्ति गरोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो। पछि पूर्ण इजालसले बरिष्ठताका आधारमा नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको थियो।

कांग्रेसले प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार कार्यपालिका अर्थात् सरकारलाई हुने जिकिर गर्दै आएको छ। सोही सन्दर्भमा बिराटनगरमा शनिबार महामन्त्री शशांक कोइरालाले न्यायपालिकालाई संसदको अन्डरमा राख्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा त्यसको विरोध भएको थियो। कतिपयले कोइरालाको भनाइलाई 'जडसुत्रवादी कम्युनिष्ट नेता मोहन वैद्य'सँग तुलना गरेका थिए।

प्रकाशित: २७ चैत्र २०७३ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App