८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

समाचार वाचिका सुप्रीत कौर

रायपुर— सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्‍यो।

स्थानीय संवाददाता फोनबाट घटनाको जानकारी दिन तयारी अवस्थामा थिए। सुप्रीतले संवाददातासँग जानकारी लिएर दर्शकलाई सुनाइन्  ‘दुर्घटनामा हर्षद कवादेसहित ३ जनाको निधन भएको छ। दुई घाइतेको अवस्था गम्भीर छ।’ 

शनिबार बिहान उनी समाचार पढ्न स्टुडियोभित्र छिर्दा पढ्नुपर्ने सबै समाचार डेस्कले तयार पारिसकेको थियो। सबै समाचारहरु सिलसिलावद्ध रुपमा रोल गरिएका थिए। जब उनी समाचा पढ्न थालिन् त्यतिबेलै न्युजरुममा छत्तीसगढको महासमुन्द्रका पिथौरा गाउँमा भएको एउटा भयानक सडक दुर्घटनासम्बन्धी ब्रेकिङ समाचार आयो। ब्रेकिङ समाचार नियमित बुलेटिनको बीचैमा राख्नु भारतीय टिभी च्यानलहरुमा सामान्य विषय थियो। स्थानीय संवाददाता फोनबाट घटनाको जानकारी दिन तयारी अवस्थामा थिए। सुप्रीतले संवाददातासँग जानकारी लिएर दर्शकलाई सुनाइन्  ‘दुर्घटनामा हर्षद कवादेसहित ३ जनाको निधन भएको छ। दुई घाइतेको अवस्था गम्भीर छ।’ 

मृतक हर्षद उनकै पति थिए। पति मृत्युको समाचार पढेपछि उनले आफ्नो समाचार बुलेटिन रोकिनन्। अनुहारमा केही असहज भने देखियो।

सम्पादक पहिलै जानकार थिए

महासमुन्द्रस्थित राष्ट्रिय राजमार्गहुँदै पाँच युवक डस्टर कारबाट रायपुर गइरहेका थिए। उनीहरु चढेको कार दुर्घटनामा परेको थियो। दुर्घटनामा घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो। दुई जना गम्भीर घाइते भए। सुप्रितले लाइभमा घटनाको जानकारी लिइरहँदा जब त्यसमा पतिको नाम मृतकको सूचिमा पाइन्। त्यसबाट उनी छक्क परिनँ। अनुहारमा एक किसिमको अाश्चर्यभाव देखियो। समाचार पढिसकेपछि उनले तत्काल घरमा फोन लगाइन्। त्यसपछि उनी डाको छोडेर रुन थालिन्।

सुप्रितले समाचार पढिरहँदा आएको सो समाचारमा उनका पति मारिएको भन्ने विषयमा समाचार कक्षका अन्य सहकर्मी पहिलै थाहा पाइसकेका थिए। च्यानलका बरिष्ठ सम्पादकका अनुसार उनलाई कसरी सुनाउने? के गर्ने भन्ने निर्णयमा पुग्न नसकेपछि घटनाबारे जानकारी दिन अाएको टेलिफोन लाइभमा पठाइदिएका थिए। 

एक वर्ष पहिला भएको थियो विवाह

२८ वर्षीया सुप्रितको विवाह एक वर्षपहिले मात्रै हर्षदसँग भएको थियो। सुप्रित छत्तीसगढस्थित भिलाईकी बासिन्दा हुन्। उनी केही वर्षदेखि आईबीसी २४ मा समाचार एंकरको काम गर्दै आइरहेकी छिन्। पछिल्लो समय उनी रायपुरमा पतिका साथ बस्दै आएकी थिइन्।  सहकर्मीहरु सुप्रितलाई एक साहसी केटीको रुपमा चिन्छन्।

प्रकाशित: २७ चैत्र २०७३ ०५:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App