६ वैशाख २०८१ बिहीबार
खेल

महर्जन मिस्टर हिमालय

काठमाडौं- अशोक महर्जन छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन च्याम्पियन बनेका छन्। अशोक रिभर फिल्ड फिट्नेस चमतीका खेलाडी हुन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा अशोक पुरुष ७५ केजीमा पहिलो उपाधि फाइनल राउन्डमा पुगेका थिए। उनले फाइनलमा अन्य ५ तौल समूहका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए।

अशोकले ५५ केजीमा पहिलो भएका रत्नश्री जिम, पोखराका कमल भण्डारी, ६० केजीमा पहिलो भएका नेपाल व्यायाम मन्दिर ज्याठाका सुजन तामाङ हराए। त्यस्तै अशोकले  ६५ केजीमा पहिलो भएका फिट्नेस फस्ट, सतुंगलका रोजिन वज्राचार्य, ७० केजीमा व्यायाम मन्दिरका रामबहादुर दाहाल र ७५ केजीमाथि व्यायाम मन्दिरकै ग्रिस महर्जनलाई पनि पन्छाएका थिए।

च्याम्पियन अशोकले २ लाख ७५ हजार रुपैयाँ पाए।

प्रकाशित: २७ चैत्र २०७३ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App