coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पन्जाबलाई म्याक्सवेलको प्रेरणा

इन्दोर- ग्लेन म्याक्सवेलको आक्रामक ब्याटिङप्रेरित किंग्स ११ पन्जाबले शनिबार इन्डियन प्रिमियर लिगमा राइजिङ पुने सुपरजायन्टलाई ६ विकेटले पराजित गरेको छ। म्याक्सवेलले २० बलमा २ चौका र ४ छक्कासहित अविजित ४४ रनको योगदान गरेका थिए। उनलाई डेविड मिल्नरले अविजित ३० रन बनाएर साथ दिए। मिल्नरले २७ बलमा १ चौका र २ छक्का प्रहार गरे।

म्याक्सवेल र मिल्नरले पाँचांै विकेटका लागि ७९ रनको अविजित साझेदारी गरेपछि १ सय ६४ रनको लक्ष्य पन्जाबले १ ओभरअघि ४ विकेट गुमाएर पूरा गरेको थियो। पन्जाबका ओपनर हसिम अमलाले २८ रन जोड्दा अक्सर पटेलले २४ रन बनाए। मनन बोहरा र ऋद्धिमन शाहले समान १४ रनको स्कोर बनाए।

पुनेका इमरान ताहिरले २ विकेट लिँदा अशोक डिन्डा र राहुल चहरको नाममा १/१ विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ निम्त्याइएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो। पुनेका लागि बेन स्टोक्सले ५० रन जोडे भने मनोज तिवारीले अविजित ४० रन बनाए। कप्तान स्टिभ स्मिथले २६ रन बनाए।

पन्जाबका सन्दीप शर्माले २ विकेट लिए भने मोहित शर्मा, टी नटराजन, मार्कुस स्टोनिस, स्वप्निल सिंह र अक्सरको नाममा १/१ विकेट रह्यो। पुनेले यसअघि मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको थियो।

यसअघि कप्तान गौतम गम्भीर र क्रिस लेनले पहिलो विकेटका लागि कीर्तिमानी १ सय ८४ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले शुक्रबार गुजरात लायन्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिगमा सानदार सुरुआत गरेको थियो।

म्यान अफ दी म्याच लेनले ४१ बलमा ६ चौका र ८ छक्काको मद्दतमा अविजित ९३ र गम्भीरले ४८ बलमा १२ चौकामा अविजित ७६ रन जोडेपछि १ सय ८४ रनको लक्ष्य कोलकाताले ३१ बल अगावै पूरा गरेको थियो।

इन्डियन प्रिमियर लिग आइपिएलमा पहिलो विकेटका लागि गरिएको यो सर्वाधिक रनको साझेदारी हो। गौतम र लेनले ४६ बलमा १ सय रन पूरा गर्दै सर्वाधिक छिटो १ सय रन पूरा गर्ने कीर्तिमानसमेत कायम गरेका छन्।

यसअघि टस हारेर ब्याटिङका लागि उत्रिएको लायन्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल खडा गरेको थियो।

प्रकाशित: २७ चैत्र २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App