८ वैशाख २०८१ शनिबार
खेल

मन्सुरीको अलराउन्ड प्रदर्शन

काठमाडौं- अल्फाज मन्सुरीको अलराउन्ड प्रदर्शनप्रेरित त्रिभुवन विश्वविद्यालयले निस्ट कलेजलाई ६ विकेटले पराजित गर्दै युनिभर्सिटी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। अल्फाजले ४ विकेट लिनुका साथै अविजित २३ रनको योगदान गरेका थिए। अल्फाजले ३.२ ओभरमा ८ दिएर ४ विकेट लिएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको निस्ट कलेजले १९.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो। निस्टका सन्तोष पौडेलले सबैभन्दा धेरै २३ रन बनाउँदा ओपनर सन्तोष ठकुरीले १६ रन बनाए।

त्रिभुवन विश्वविद्यालयका अल्फाजलाई सगर ढकालले २ तथा प्रदीप टन्डनले १ विकेट लिएर साथ दिए।

८७ रनको लक्ष्य त्रिभुवन विश्वविद्यालयले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। ओपनरले राम्रो प्रदर्शन गर्न नसके पनि मध्यक्रमका प्रदीप र अल्फाजले चौथो विकेटका लागि ६७ रनको साझेदारी गर्दै टोलीको इनिङ सम्हालेका थिए। प्रदीपले ४० बलमा १ चौका र २ छक्कासहित ५६ रन बनाए भने ३४ बलमा २ चौका हानेका अल्फाज २३ रनमा अविजित रहे।

त्रिभुवन विश्वविद्यालयले फाइनल प्रवेशका लागि अब शंकरदेव क्याम्पससँग प्रतिस्पर्धा गर्नेछ। शंकरदेवले ग्लोबल कलेजलाई ६७ रनले हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो। त्रिवि मैदानमै टस जितेर ब्याटिङ गरेको शंकरदेवले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो। जबाफी ब्याटिङ गरेको ग्लोबल कलेजले १३.१ ओभरमा सबै विकेट गुमाएर ७१ रन मात्र जोड्न सक्यो।

प्रकाशित: २७ चैत्र २०७३ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App