coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मनोनितलाई नगदसहित मनोनयनपत्र

काठमाडौं- क्यानडामा गर्ने भनिएको नवौं संस्करणको 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड'को मनोनयनमा पर्ने कलाकार तथा प्राविधिकलाई राजधानीमा शुक्रबार एक कार्यक्रममा नगदसहित मनोनयनपत्र प्रदान गरिएको छ।

बक्स अफिस फिल्म क्लब नेपालले सुन्धारास्थित आर्मी अफिसर्स क्लबको सभाहलमा आयोजित कार्यक्रममा आयोजक आरके सुवेदीसहित विभिन्न कलाकारहरुले मनोनयनमा परेकालाई नगदसहित मनोनयनपत्र दिएका थिए। कार्यक्रममा क्लबका अध्यक्ष सुवेदीलाई डाट्सन कारका लागि नेपालको आधिकारिक बिक्रेताले एउटा डाट्सन कार पनि उपहार प्रदान गरेको थियो।

सांगीतिक माहोलमा भएको कार्यक्रममा कलाकार शिशिर भण्डारीले कमेडी र विभिन्न गायकगायिकाहरुले गीत प्रस्तुत गरेका थिए।

आयोजक सुवेदीका अनुसार अवार्डमा २०७२ सालभरि प्रदर्शनमा आएका ८० वटा फिल्म समावेश गरिएका छन्। अवार्डको जुरीमा निर्देशक तुलसी घिमिरे, पत्रकार विजयरत्न तुलाधर, नायक दिनेश शर्मा, निर्देशक राजु अधिकारी, कलाकार तथा निर्माता सुवास कार्की छन्। क्यानाडाको टोरोंटोमा जिटिए लाइन्स क्लब र इन्टरनेशन बक्स अफिस ग्रुपले संयुक्त रुपमा कार्यक्रम गर्नेछ।

४६ वटा विधामा वितरण गरिने अवार्डमा 'उत्कृष्ट नायिका'मा फिल्म 'प्रेमगीत'बाट पुजा शर्मा, 'क्लासिक'बाट नम्रता श्रेष्ठ, 'लुटेरा'बाट निशा अधिकारी, 'कबड्डी कबड्डी'बाट रिश्मा गुरुङ र 'जाउँ हिँड पोखरा'बाट रेखा थापा मनोनयनमा छन्।

त्यस्तै 'उत्कृष्ट नायक'मा 'ड्रिम्स'बाट अनमोल केसी, 'काफल पाक्यो'बाट जीवन लुइँटेल, 'भैरव'बाट निखिल उप्रेती, 'प्रेमगीत'बाट प्रदीप खड्का र 'क्लासिक'बाट आर्यन सिग्देल छन्।

'उत्कृष्ट निर्देशक'मा 'क्लासिक'बाट दिनेश राउत, 'पशुपति प्रसाद'बाट दीपेन्द्र के खनाल, 'कबड्डी कबड्डी'बाट रामबाबु गुरुङ, 'परदेशी'बाट नारायण रायमाझी र 'प्रेमगीत'बाट सुदर्शन थापा मनोनयनमा छन्। वर्षका 'उत्कृष्ट फिल्म' मा 'क्लासिक', 'प्रेमगीत', 'कबड्डी कबड्डी', 'पशुपति प्रसाद' र 'ड्रिम्स' छन्।

प्रकाशित: २७ चैत्र २०७३ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App