नेपाली कामदारले विदेशबाट पैसा पठाउँदा शुल्क नलिन सरकारलार्इ निर्देशन

शुक्रबार, ०३ असार २०७३, १५ : ०१

काठमाडौं– व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले वैदेशिक रोजगारीमा कामदार पठाउन सम्झौता गर्दा विप्रेषण(रेमिट्यान्स) बैंकिङ माध्यमबाट भित्रिने व्यवस्था गर्न सरकार तथा श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ।

विदेशबाट बैंकिङ प्रणालीमार्फत नेपालमा विप्रेषण पठाउँदा लाग्ने कमिसन तथा शुल्क नेपाल सरकारले व्यहोर्ने नीतिगत व्यवस्था गर्नसमेत समितिले सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। रेमिट्यान्स कम्पनीहरुले विदशमा संकलन गरेको सम्पूर्ण विप्रेषण रकम परिवत्र्य विदेशी मुद्रामा नेपाल भित्र्याउन निगरानी रनियमनका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ। हुण्डी तथा हवालामार्फत विप्रेष भित्र्याउने कार्यमा संलग्नलाई कारवाही गर्न नेपाल सरकारका सम्बन्धित निकायहरुलाई समितिको निर्देशन छ ।

त्यसैगरी बैदेशिक रोजगारीमा जाने कामदारलाई वित्तीय साक्षरताको विषयमा प्रभाविकारी रुपमा अभिमुखिकरण गर्न, वैदेशिक रोजगारमा गएका प्रत्येक कामदार वा निजको परिवारको नाममा बैंक खाता खोलेको कुरा सुनिश्चित गर्न निर्देशन दिएको छ।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकले माग गरेको म्यानपावर कम्पनीको कामकारवाहीसम्बन्धी विवरण नबुझाउने कम्पनीहरुको नविकरण नगर्न, आयकर नतिर्ने म्यनपावर कम्पनीहरुको नविकरण नगर्न र ठगी गरेको सम्बन्धमा पटक पटक उजुरी पर्ने गरेका म्यानपावर कम्पनीहरुलाई उपयुक्त मापदण्ड नबनाई सञ्चालन नगर्न समितिले निर्देशन दिएको छ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाइको फेस्टिभ डिलाइट योजना सार्वजनिक

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७६ योजना ल्याएको छ । ...

Ncell Footer Ad