coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तोकिएकै मितिमा निर्वाचन हुन्छ : नेता सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । 

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं २ कागेश्वर मनहरा नगर समितिले शनिबार आयोजना गरेको स्थानीय तहको प्रचार अभियानअन्तर्गत मोटरसाइकल र्यालीको शुभारम्भ गर्दै नेता सिंहले निर्वाचन कुनै पनि हालतमा नरोकिने दाबी गरे । 

उनले भने – “निर्वाचनसँग असन्तुष्ट पक्षलाई समेटेर चुनावमा जाने प्रयास भइरहेको छ, अब यसलाई रोक्न कसैले सक्दैन ।” 

पूर्व उपप्रधानमन्त्री सिंहले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको कार्यान्वयन निर्वाचनमार्फत हुने भन्दै निर्वाचन गर्न नसके मुलुक सङ्कटमा फस्ने बताए । उनले राजनीतिक निकास र व्यवस्था रक्षाका लागि निर्वाचन नै उत्तम विकल्प भएको उल्लेख गरे । 

उनले लामो समयपछि मुलुकमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै निर्वाचनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए। रासस

प्रकाशित: २६ चैत्र २०७३ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App