coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

फाइल फाेटाे

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । 
उनी नियमित उपचारका क्रममा बैंकक गएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराए । 

उनी दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक गएका हुन् । 

पछिल्लोपटक भदौ अन्तिम साता उनी उपचारका क्रममा बैँकक गएका थिए। उनी उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताए । 

मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहेका छन्। रासस 

प्रकाशित: २६ चैत्र २०७३ १२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App