४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

शिवसेनका सांसद रविन्द्रमाथिकाे उडान  प्रतिबन्ध हट्यो

नयाँ दिल्ली – एयर इन्डियाले शिव सेनका सांसद रविन्द्र गायकवाड माथि लगाएको उडान प्रतिबन्ध तत्कालका लागि हटाएको छ ।
बिबिसीका अनुसार एयर इन्डियाको यस निर्णय पश्चात् अन्य एयरले समेत उनीमाथि लगाएको उडान प्रतिबन्ध हटाउने भएका छन् ।
शुक्रबार उड्ययन मन्त्री जयन्त सिंह र एयर इन्डियाका अध्यक्षबीच भएको बैठकले उक्त निर्णय गरेको छ हाे । बैठकमा एयर इन्डियाका अध्यक्षकाे सांसदले माफी माग्नुपर्ने माग रहेकाे थियाे ।एयर इन्डियाका अध्यक्षको यस अभिव्यक्ति पश्चात् उनले विमान मन्त्रीलाई घटना प्रतिको खेद सहित पत्र लेखेका थिए । यस पश्चात् उनीमाथि लागेको प्रतिबन्ध हटाइएको भारतीय सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ । 
प्रतिबन्ध हटाउनु अघि एयर इन्डियाले शुक्रबार उनको टिकट रद्द गराएको थियो । उडान मन्त्रालयले उनी माथिको यात्रा प्रतिबन्ध हटाउनका लागि एयर इन्डियालाई पत्र पठाएपछि मात्र उनी माथिको यात्रा बन्देज हटेको थियो ।
उनले मार्च २५ एयर इन्डियाका एक ६० वर्षीय कर्मचारी माथि २५ पटक  चप्पल हानेका थिए ।

प्रकाशित: २६ चैत्र २०७३ १०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App