४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

जापानमा १५ वर्षमुनिका बालबालिका याैन कार्यमा प्रयाेग

टोकियो– एसियाली शक्तिशाली राष्ट्र जापानमा यौन कार्यमा १५ वर्षमुनिका स्कुले बालिकाको प्रयोग भएको पाइएको छ । जापानको डान्स बार तथा रेष्टुराहरुमा बालिकाहरु यौन आवश्यकता पूर्ति गर्नका लागि प्रयोग हुने गरेको पाइएको छ।

विभिन्न प्रकारका अश्लील तस्विर तथा भिडियो देखाएर उनीहरुलाई यौन कार्यमा लाग्नका लागि प्रेरणा दिने गरेको पाइएको छ। ३ वर्ष पहिले नै जापानमा बाल पोर्नाेग्राफीमा प्रतिबन्ध लगाइएको भएता पनि यसको कार्यन्वयन हुन सकेको छैन। बिबिसीले गरेको एक अनुसन्धान अनुसार यौन पेशामा बालबालिकाको प्रयोगमा प्रतिबन्ध पछि पनि यस्तो गतिविधीको अन्त्य भएको छैन।

स्कुले बालिकाहरुलाई आर्थिक प्रलोभनमा पारी वयस्क मानिसहरु सँग यौन क्रियाकलायमा लाग्नका लागि प्रलोभन देखाइएको पाइएको छ। बिबिसीका प्रख्यात डकुमेन्ट्री मेकर स्टायाली डूलीले गरेको अनुसन्धानमा १५ वर्ष मुनिका बालिकाहरुसँग वयस्क मानिसहरु यौन कार्यकलापमा संलग्न भएको पाइएको छ।

पोर्नाेग्राफी कानुन बनेपछि महिलाहरु माथि हुने यौन हिंसामा कमी आएको छ भने बालिकाहरु त्यसको बढी मात्रामा शिकार हुने गरेको खुलेको छ।  

प्रकाशित: २६ चैत्र २०७३ ०९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App