coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा आक्रमणले राष्ट्रसंघ चिन्तित

वासिङ्टन– अमेरिकाले सिरियाली सरकारको रासायनिक आक्रमणविरुद्ध गरेको क्षेप्यास्त्र प्रहारले अझै जटिल परिस्थिति आउनसक्ने संयुक्त राष्ट्रसंघले दाबी छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसले अवस्था अझ बिग्रन नदिनका लागि सोच्ने समय आएको बताएकी छन्। अमेरिकाले गरेको क्षेप्यास्त्र प्रहारलाई सिरियाले अन्तर्राष्ट्रिय कानुनविरुद्ध हतारमा गरिएको गैरजिम्मेवारिपनको उदारहरण भनेको छ।

क्षेप्यास्त्र प्रहारमा अमेरिकाले सिरियाली हवाई अडालाई केन्द्रबिन्दु बनाएको थियो। राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उक्त आक्रमण सिरियाली सरकारको तानाशाहविरुद्धको चेतावनीमात्र भएको बताइन्। उनले सिरियाली सरकारले आफ्नो गतिविधिमा नियन्त्रण नगरे त्योभन्दा ठूलो चेतावनी दिने भनेकी छन्। तर त्यस्तो कदम चाल्न नपरोस भन्दै उनले ध्यानकर्षण गराएकी छन्।

आक्रमणको अमेरिकी मित्र राष्ट्रहरु बेलायत, फ्रान्स, साउदी अरेबियालगायतले समर्थन गरेका छन्। रुस र इरानले भने निन्दा गरेका छन्।

आफ्ना नागरिकप्रति क्रूर देखिएका सिरियाली राष्ट्रपति बशद् अल अशदले निर्दाेष नागरिकको रासायनिक विष्फोटन गराई हत्या गराएको विरोधमा   अमेरिकाले सिरियालाई  चेतावनीको रुपमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

सिरियामा राष्ट्रपति अशद्विरुद्ध ६ वर्षयता भएको गृहयुद्वको सिकारमा तीन लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ।

प्रकाशित: २६ चैत्र २०७३ ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App