coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आमाको बारा पसल

भक्तपुरमा नेवारी परिकार वो (बारा) खाने धेरै ठाउँ छन्। 'तर आमाको बारा पसलको जस्तो कहाँ होस्?' यही भन्छन् यहाँ बारा खानेहरू। पाँचतले मन्दिरबाट साकोठा जाने ग्ाल्लीमा छ, आमाको बारा पसल। आश्चर्य त यो पसलको साइनबोर्ड टाँगिएको छैन तर 'आमाको बारा पसल' नामले वषर्ौंदेखि परिचित छ। नाम मात्र होइन, यहाँ एकपटक बारा खानेले यसको स्वाद कहिल्यै बिर्संदैन।

बिकुकुमारीले बारा बेच्न थालेको ४४ वर्ष भयो। त्यसअघि चिउरा–मासु बेच्थिन्। एक दिन उनी आलु उसिनिरहेकी थिइन्। कसैले उनलाई बारा बनाउने सल्लाह दियो, आलु पाक्दासम्म बारा बनाउने विचार पनि उनको दिमागमा पाकिसकेको थियो।

कतिपयले यसलाई गुरुआमाको बारा पसल पनि भन्छन्। बारा पसल भए पनि यो पसलभन्दा बढी 'भान्सा' लाग्छ, बिल्कुल नेपाली शैलीको। सत्तलजस्तो लाग्ने घरको सानो ढोकाछेउमै चुलो छ। भुइँमा माटोले बनाएको चुलो भए पनि यसमा ग्यास सिलिन्डरमा जडिएको छ। चुलोछेउ पलेँटी कसेर बस्छिन्, ६९ वर्षकी बिकुमारी बज्राचार्य। उनी मास र मुंगको लेदो तावामा हाल्छिन्, पाक्दै गरेको बारा वल्टाइपल्टाई गर्न धेरैजसो उनको हातमा पन्यू नाचिरहेको हुन्छ।

बिकुकुमारीले बारा बनाउन थालेको ४४ वर्ष भयो। त्यसअघि उनले चिउरा–मासु बेच्थिन्। एक दिन उनी आलु उसिनिरहेकी थिइन्। त्यही बेला टोलका एक पाका व्यक्ति आए र भने, 'कति आलु, चिउरा र मासु मात्र बेच्छ्यौ? बारा बनाएर बेच।'

ती पाका व्यक्तिको सल्लाहबारे उनी गम्न थालिन्। आलु पाक्दासम्म बारा बनाउने विचार पनि उनको दिमागमा पाकिसकेको थियो। तावामा मासको लेदो खन्याउँदै उनले भनिन्, 'अनि तुरुन्तै सिलौटा, लोहोरा अनि तावा किनेर बारा बनाउन सुरु गरिहालेँ।' यो ०३३ सालको कुरा हो।

त्यतिबेला उनले दुई–तीन माना मासबाट बारा बनाउन सुरु गरेकी थिइन्, अहिले दिनमा कति किलो दालको बारा बन्छ भन्ने उनैले हिसाब गर्न भ्याएकी छैनन्। बारा बनाएरै उनको जवानी ढल्यो, उनले बनाएको बाराको स्वाद भने झन्झन् तिख्खर हुँदै आयो, जिब्रोमै झुन्डिने। यहाँको बारा खानेहरु खुबै प्रशंसा गर्छन्।

बारा खाइरहेका श्याम श्रेष्ठ भन्छन्, 'म बानेश्वर बस्छु, तर यता आएका बेला सकेसम्म बारा खाएर जान्छु।'  

ऊबेला मासको दाललाई सिलौटामा पिसेर बारा पकाउँथिन्, मास पिस्न बिहान चारै बजे उठ्थिन्। अहिले त्यो झन्झट छैन, ग्राइन्डिङ मेसिनले पिस्छ।

बेलुका नै भिजाएर राखेको मास र मुंगको दालको बोक्रा फालेर बिकुकुमारीकी बुहारी संगीताले  ग्राइन्डरमा पिस्छिन्। अनि पाक्छ, तीन थरीको बारा – मास र मुंगको दाल मिसाएको सादा बारा, त्यसमाथि अन्डा राखेर अन्डा बारा र किमाको प्रयोग गरिएको मासु बारा। स्वादका लागि नुन र केही मसला पनि दालमा हालिन्छ।

यहाँ २० देखि एक सय रुपैयाँसम्मको बारा पाइन्छ। आलुकेराउको सुपसँग बारा खान केही कुर्सी–टेबल राखिएका छन्। 

कसैको शरीरमा केही घाउ वा चोटपटक लागेको भए मासको बारा नखान बिकुकुमारी सुझाव दिन्छिन्। 'मासले घाउ पाक्ने भएकाले यो नखानु नै राम्रो हुन्छ,' उनी विकल्प दिन्छिन्, 'मास खान नहुनेका लागि मुंगको बारा छँदै छ नि।' चुलो वरिपरि नै खाने टेबल भएकाले ग्राहकको सन्तुष्टि र असन्तुष्टि पनि बुझिरहेकी हुन्छिन् उनी।

उनी आफ्नो पसलमा बारा चाख्न आउन आग्रह गर्छिन्। 'म त बूढी भइसकेँ। मैले नसके पनि मेरी कान्छी बुहारीलाई सीप सिकाइदिएकी छु। मैलेजस्तै मीठो बनाउँछे,' उनी भन्छिन्।

प्रकाशित: २६ चैत्र २०७३ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App