coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

राजीनामा गर्न प्रधानमन्त्रीलाई तीन बजेसम्मको अल्टिमेटम

काठमाडौं–माओवादी केन्द्रले आज तीन बजेसम्म राजीनामा दिन प्रधानमन्त्री केपी ओलाीलाई अल्टिमेटम दिएको छ। बुधबार विहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आज तीनबजेसम्म राजीनामा दिन अल्टिमेटम दिएको हो।

‘हामीले प्रधानमन्त्रीलाई आज तीन बजेसम्म राजीनामा दिन आग्रह गरेका छौं,’ माओवादी  केन्द्रका नेता गिरिराजमणि पोखरलले भने,‘तीनबजेसम्म पनि प्रधानमन्त्रीको राजीनामा आएन भने कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउँछौं।’ पदाधिकारी बैठकले आफ्नो पार्टीले सरकारलाई लिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको ठहर गरेको छ। माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो

 

प्रकाशित: २९ असार २०७३ ०६:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App