खोटाङ जिल्लाका दुई नगरपालिकामा विभिन्न दलका तर्फबाट मेयर–उपमेयरका आकांक्षीको होड सुरु भएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै रुपाकोट–मझुवागढी र हलेसी–तुवाचुङ नगरपालिकामा मेयरका आकांक्षीको आफ्नै पार्टीभित्रै प्रतिस्पर्धा सुरु भएको छ।
मेयरका आकांक्षी टिकट सुरक्षित गर्नका लागि पार्टीभित्रै आन्तरिक 'लबिङ'मा जुटेका छन्। दुई नगरपालिकाको 'भावी मेयर को बन्लान्' भन्ने विषयले चौतारोदेखि चिया पसलमा समेत चर्चा पाएको छ। २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनबाट 'रोजेको प्रतिनिधि' छान्न पाइने भएपछि जनता उत्साही छन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरमलगायत दल मेयर–उपमेयर सहितका पद हत्याउने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन्।
रुपाकोट–मझुवागढी नगरपालिका
पुरानो संरचनाअन्तर्गत सदरमुकाम दिक्तेल रहेको रुपाकोट–मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसका राजनशेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तीर्थराज भट्टराई, नवराज केसी, महन्त राईलगायतको नाम चर्चामा छ। एमालेबाट नारायणप्रसाद जोशी, कुमार आचार्य, दीपनारायण रिजाल, जलशेर राई, देवविक्रम राई, उदय कार्की, वीरबलकाजी राई, उपीन राई, भागवत घिमिरे, वीरेन्द्र ढकाल, गोपाल आचार्यलगायतको नाम चर्चामा छ। एमाले खोटाङका अध्यक्ष बबी चामलिङले भने, 'अहिले चर्चामा आएकामध्येबाटै पार्टीले मेयर–उपमेयरको उम्मेदवार तय गर्छ।' माओवादी–केन्द्रबाट दुर्गाजयन्ती राई, ध्रुव बुढाथोकी, जयप्रसाद आचार्य, सुरेश राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धु्रव राईलगायत आकांक्षी देखिएका छन्।
संघीय समाजवादी फोरमबाट नवीन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैन कटवाललगायतको चर्चा छ। राप्रपाबाट स्वयं श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निशान राई, मोतीचन्द्र राई, सीताराम राई, रामचन्द्र भट्टराई, विजयकला राई लगायतको नाम आएको छ।
हलेसी–तुवाचुङ नगरपालिका
हलेसी–तुवाचुङ नगरपालिकामा कांग्रेसका इवन राई, चक्र राई, दिनेश राई, दुरेन राई, विमला राई मध्येबाट मेयर–उपमेयरको
उम्मेदवार बन्ने चर्चा छ। एमालेबाट खडेन्द्र राई, अकिल राई, विष्णु दाहाल, सुरेन्द्र राई, मनीषा राई, दीपक कार्की, रामवकस राईलगायतको नाम चर्चामा छ। यसैगरी, जीवन राई, चइन्द्र राई, सन्देश राई, गोपाल दाहाल, रुपनारायण दाहाल, हस्तबहादुर राईमध्येबाट मेयरको उम्मेदवार बनाउने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ।
सिद्धिचरण नगरपालिका
ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिकामा कांग्रेस, एमाले र माओवादी–केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेसबाट महासमिति सदस्य डिल्लीराम खनाल र क्षेत्रीय सभापति दानबहादुर बानियाँमध्ये एक मेयरको उम्मेदवार बन्ने कांग्रेस स्रोतले जनाएको छ।
एमालेका मोहन श्रेष्ठ, रीताराम गुरुङ, शंकर कटवाल, अम्बीरबाबु गुरुङलगायतको नाम चर्चामा छ। माओवादी–केन्द्रबाट गुणकुमार राई र रुपेश शाक्यमध्ये एक मेयरको उम्मेदवार बन्ने पार्टीभित्र चर्चा छ। संघीय समाजवादी फोरमका प्रकाश तामाङलगायतको चर्चा छ।
उदयपुर जिल्लाका चार नगरपालिकामा मेयरको 'टिकट' हात पार्न दलका स्थानीय नेताबीच आन्तरिक प्रतिस्पर्धा सुरु भएको छ।
प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाट स्थानीय तहको प्रमुख बन्ने आकांक्षी बढी देखिएका छन्। राप्रपाले पनि ठाउँ–ठाउँमा उमेदवारी दिने तयारी गरिरहेको छ।
त्रियुगा नगरपालिका
त्रियुगा नगरपालिकामा दर्जनभन्दा बढीले मेयरको दाबी गरिरहेका छन्। कांग्रेसबाट दुई नम्बर निर्वाचन क्षेत्रीय सभापति बसन्त बस्नेत, नगर सभापति सरोज बस्नेत, जिल्ला सदस्यहरू विष्णुबहादुर राउत र प्रकाश खड्काको चर्चा छ। उपमेयरमा लीला राई, सरिता राई, शान्ता राई, विमला सुनुवार राई र तारा राईको नाम अगाडि आएको छ।
एमालेबाट जिल्ला सचिवालय सदस्य प्रकाश बस्नेत, जिल्ला सदस्य भागवत राउत, सदस्यद्वय जयविक्रम राई र इन्द्रबहादुर थापाको नाम चर्चामा रहेको छ। महेश्वरी राई, सिर्जना दनुवार, सुनिता चौधरी र गीता रेग्मीको नाम उपमेयरका लागि बाहिर आएको छ। एमाले जिल्ल्ाा सचिव परमेश्वर घिमिरेले पार्टीमा गरेको योगदान, योग्यता र क्षमताको आधारमा उमेदवार तोकिने बताए।
माओवादी केन्द्रबाट जिल्ला सहइन्चार्ज नारायण बुर्जामगर, किरण राई, मिनबहादुर ठकुरी र विमल किराँती मेयरका दाबेदार देखिएका छन्।
कटारी नगरपालिका
कांग्रेसबाट रामकुमार राई, कृष्णकुमार श्रेष्ठ, राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्रमान राउतले मेयरमा दाबी गरिरहेका छन्। एमालेबाट ज्ञानेन्द्र श्रेष्ठ, कृष्ण थापा, नवराज पोखरेल र भिमकुमारी राउत आकांक्षी रहेको बताइएको छ।
चौदण्डी नगरपालिका
कांग्रेसबाट प्रदीप केसी, निर्मलकाजी राई, प्रशान्त राई, अर्जुन दाहाल र राजेन्द्र पौडेल मेयरका आकांक्षी छन्। एमालेबाट पदम राई, कालु लामा, शम्भु पौडेल, कुमारसिंह कार्की र राजेन्द्र कटुवालको नाम चर्चामा छ। माओवादी केन्द्रबाट सन्तोष सुवेदी र राजन किरातीको नाम चर्चामा छ।
बेलका नगरपालिका
कांग्रेसबाट बद्री सापकोटा, सुशील सेढाई, अशोक कार्की र जयप्रसाद सुवेदीको नाम चर्चामा छ। एमालेबाट दुर्गाकुमार थापा र चित्रबहादुर केसी तथा माओवादी केन्द्रबाट रमण भट्टराईको नाम अग्रपंक्तिमा छ।
सोलु–दूधकुण्ड नगरपालिका
माओवादी केन्द्रले सोलु–दुधकुण्ड नगरपालिकाको मेयरमा निमा तेन्डुप शेर्पालाई मेयरको उम्मेदवार घोषणा गरेको छ। बुधबार सल्लेरीमा आयोजित कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले शेर्पाको उम्मेदवारी घोषणा गरे।
माओवादी केन्द्रले उम्मेदवार सार्वजनिक गरे पनि कांग्रेस र एमाले अझै पनि गृहकार्यमै व्यस्त छन्। एउटा मात्रै नगरपालिका रहेको सोलुखुम्बु जिल्लामा मेयर उम्मेदवार हुन आधा दर्जन आकांक्षी देखिएका छन्। एमालेबाट सल्लेरी गाविसका पूर्वअध्यक्ष आङदामी शेर्पा, दोर्जी जाङबु शेर्पा, रामकाजी श्रेष्ठ र बच्चुनारायण श्रेष्ठको नाम चर्चामा छ। कांग्रेसबाट मेयरमा दावागेलु पाखि्रन, नाम्गेल जाङ्बु शेर्पा, छिन्डील्हामु शेर्पाको नाम चर्चामा छ। यो नगरपालिकामा २० हजार ३ सय ९९ सय मतदाता छन्।
दमन राई/खोटाङ, महेश्वर चामलिङ/उदयपुर र राधा ढुंगाना/सोलुखुम्बु को सहयोगमा
प्रकाशित: २६ चैत्र २०७३ ०२:२५ शनिबार