७ वैशाख २०८१ शुक्रबार
अर्थ

अाउने भए निगमका २ वाइड बडी जहाज, भयाे खरिद सम्झाैता

काठमाडौं– नेपाल वायुसेवा निगमले दुईवटा ए ३३०–२०० वाइडवडी एयरबस खरिद गर्ने सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्त कंसाकार र बिक्रेता कम्पनी एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेका हुन्।

निगमले २ वाइड बडी जहाज २०९.६ मिलियन अमेरिकी डलर (भण्डै २२ अर्ब रुपैयाँ) २०१६ को आधार मूल्यमा खरिद गर्न लागेको जनाएको छ। सम्झौतालगत्तै निगमले पहिलो किस्ताबापत करिव ३५ प्रतिशत रकम पठाउने सहमति भएको छ। अमेरिकी कम्पनीले १० कम्पनीलाई पछि पार्दै निगमले गरेको ग्लोबल टेन्डर जितेको थियो । निगमले खरिद गर्ने जहाजमा २५० देखि २८० सम्म सिट हुने निगमले जनाएको छ।  

निगमका अनुसार दुवै जहाज सन् २०१८ को दोश्रो त्रैमासिकमा प्राप्त हुनेछ। दुई जहाज थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज हुनेछन् । हाल एक बोइङ ७५७–२०० र दुई एयरबस ३२०–२०० सिरिजका न्यारो बडी जहाजमार्फत ८ गन्तव्यमा उडान भरिरहेको छ ।

नयाँ विमानबाट निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेबीया जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । यसका लागि निगमले उडान गन्तव्यहरू तय गर्ने कार्यसमेत सुरु गरिसकेको छ ।

निगमले जहाज खरिदका लागि बैना रकम १ मिलियन (करिब १० करोड रुपैयाँ) अमेरिकी डलर माघ दोस्रो साता नै पठाइसकेको छ।

हस्ताक्षर समारोहमा महाप्रवन्धक कंसाकारले नेपाललाई महँगो गन्तव्य मानिँदै आएकोमा निगमले वाइडवडी विमान सेवामा लगाएपछि अपेक्षाकृत भाडा सस्तो हुनुका साथै नेपाल सहज गन्तव्य हुने बताए।

सरकारले पर्यटन प्रवद्र्धनमा विशेष अभिरुची राख्दै निगमलाई विमान किन्न ग्यारेन्टी बसेकोमा आभार उनले आभार व्यक्त गरे । एएआरका प्रतिनिधि दिपक शर्माले नेपालसँग यस प्रकारको सम्झौता गर्नपाएकोमा आफूलाई गौरवको अनुभूति भएको छ बताए।

प्रकाशित: २५ चैत्र २०७३ १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App