१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिए

काठमाडौं- निर्बाचन सुरक्षाका लागि म्यादी प्रहरी छानिएका छन्। जस अन्तर्गत पुरुष ६१ हजार २ सय महिला १३ हजार ३ सय छानिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए। स्थानीय तह निर्वाचनको लागि ७५ हजार म्यादी प्रहरीको भर्ना खुलेको थियो। जसमा १ लाख ७२ हजारले आवेदन दिएका थिए।  

गृह मन्त्रालयले स्थानीय तहको निर्वाचनमा सुरक्षाको लागि भन्दै म्यादी भर्ना गर्न आवेदन मागेको थियो। नेपाल प्रहरीले चैत १० गते सूचना जारी गर्दै म्यादी प्रहरीमा आवेदन मागेको थियो। म्यादी प्रहरीको अवधि ५५ दिनको हुनेछ ।

नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनको लागि प्रदेश नम्बर १ मा १२ हजार पाँच सय ५१ जना मागेकोमा ३७ हजार ६ सय ५६ जनाको आवेदन दिएका थिए। प्रदेश नम्बर २ मा १६ हजार नौ सय नौ जना माग गरेकोमा ३५ हजार ७१ जना, प्रदेश नम्बर ३ मा १२ हजार आठ सय दुई जना माग गरेकामा २४ हजार एक सय दुईजना, प्रदेश नम्बर ४ मा६ हजार ६ सय ५७ जना माग गरेकोमा १२ हजार आठजना, प्रदेश नम्बर ५ मा१४ हजार एक सय ५१ जनामाग गरेकोमा३५ हजार सात सय २८ जनाको आवदेन परेको थियो। त्यसैगरी प्रदेश नम्बर ६ मा पाँच हजार १८ जना माग गरेकामा १५ हजार एक सय १८ जना र प्रदेश नम्बर ७मा१९ हजार दुई सय ५८ जनाले आवेदन दिएका थिए। 

प्रकाशित: २५ चैत्र २०७३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App