coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

म्याद सकियो, हतियार बुझाइएन

बाजुरा- जिल्ला प्रशासन कार्यालयले इजाजतपत्र प्राप्त हातहतियार स्थानीय प्रहरी कार्यालयमा बुझाउन आग्रह गरे पनि अझै ३५ वटा हातहतियार नबुझाएको पाइएको छ। तोकिएको समय सीमाभित्र १८ वटा भरुवा बन्दुक बुझाएपनि ३५ वटा बुझाउँन बाँकी छन्।

जिल्ला प्रशासन कार्यालयमा भरुवा बन्दुक र पेस्तोल सहीत ५३ वटा हातहतियारको इजाजत लिएको तथ्याङ्क रहेको छ। प्रशासनले सूचना प्रकाशन गरी गत चैत १६ गतेभित्र स्थानीय प्रहरी कार्यालयमा अनिवार्यरुपमा इजाजतपत्र प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैको लागि ७ दिने सूचना जारी गरेको थियो।

यद्यपि सूचना जारी भई म्याद सकिएपनि प्रहरीमा हातहतियार नबुझाएको प्रही नायव उपरीक्षक दलबहादुर बोगटीले बताए। ५३ वटा बन्दुक नीजि प्रयोजनका लागि आफनो सुरक्षार्थ लाइसन्स सहीत इजाजत पत्र दिइएको प्रशासन कार्यालयको तथ्याङ्क छ।

पहिलो चरणमा सूचना जारी भई म्याद सकिए पनि हालसम्म १८ वटा मात्र बुझाएको अन्यका लागि प्रहरीले सम्बन्धीत व्यक्तिलाई जानकारी गराउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए। आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ अनुसार विभिन्न व्यक्तिसँग रहेका हातहतियार प्रहरीमा बुझाउन स्थानीय प्रशासनले सूचित गरिएको थियो।

लामो समसम्म पनि एउटा पनि हातहतियार प्रहरी कार्यालयमा इजाजतपत्र लिएका व्यक्तिले नबुझाएपछि पुन स्थानीय प्रशासन कार्यालयले पुनः सूचना जारी गर्ने तयारी समेत गरेको छ।

 

प्रकाशित: २५ चैत्र २०७३ १०:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App