८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २८ लडाकु मारिए

काबुल – अफगानिस्तानका विभिन्न ठाउँमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएको अफगानी सेनाले शुक्रबार जनाएको छ । 

अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

मारिनेहरु तालिवानी र इस्लामिक स्टेट (आइएस)का लडाकुहरु रहेको सेनाको दावी छ । देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा सुरक्षा कारबाही तिव्र पारिएको अफगानी अधिकारीले जनाएका छन् । 

सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको सेनाले जनाएको छ । सेनाले आफ्नोतर्फ कुनै क्षती भएको उल्लेख गरेको छैन । रासस/सिन्ह्वा 
 

प्रकाशित: २५ चैत्र २०७३ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App