coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीआईबीद्वारा वीरगन्जका ८ चिकित्सक गिरफ्तार, विरोधमा सबै ओपिडी बन्द

वीरगन्ज– नेपाल प्रहरीको केन्द्रीय अन्सुन्धान ब्युरो(सीआईबी)को टोलीले वीरगन्जका ८ जना चिकित्सकलाई नियन्त्रणमा शुक्रबार बिहान गिरफ्तार गरेको छ।

बिहान ९ देखि १० बजेको बीचमा उनीहरुलाई बेग्लाबेग्लै स्थानबाट नियन्त्रणमा लिएको मेडिकल एशोसिएशन नारायणीका उपाध्यक्ष डा. प्रमोदकुमार सर्राफले बताए।
गिरफ्तारीमा पर्नेहरुमा चिकित्सकहरु कुशराज गिरि, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह, इरसाद र निमेषरमण पाल रहेका छन्।

पूर्व जानकारी तथा विना कुनै पक्राउ पुर्जी चिकित्सकहरुलाई पक्राउ गरिएको र पक्राउको कारणबाट हालसम्म केही नखुलाईएको भन्दै डा. सरोज सिंहकी श्रीमति मोनिका सिंहले गिरफ्तारीप्रति आपत्ती जनाइन् ।

पूर्व जानकारी तथा विना कुनै पक्राउ पुर्जी चिकित्सकहरुलाई पक्राउ गरिएको र पक्राउको कारणबाट हालसम्म केही नखुलाईएको भन्दै डा. सरोज सिंहकी श्रीमति मोनिका सिंहले गिरफ्तारीप्रति आपत्ती जनाइन् ।

यस घटनाविरुद्ध नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकलकलेजलगायत वीरगन्ज क्षेत्रमा सञ्चालित सबै अस्पतालहरुले ओपीडी सेवा बन्द गरेका छन्।

मेडिकल एशोसिएशन नारायणीका निर्वतमान अध्यक्ष रवीन्द्र सिंहले दिउँसोको ३ बजेसम्म पनि उक्त गिरफ्तारीको कारण नबताइए आफूहरुले यस क्षेत्रका सम्पूर्ण अस्पतालको आकस्मिक सेवासमेत बन्द गर्ने चेतावनी दिएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले केन्द्रबाटै आएको सीआईबी टोलीले उक्त गिरफ्तारी गरेकोले आफूहरुलाई पनि यस विषयमा जानकारी नभएको र सीआईबीसँग समन्वय गरेर कारण बुझ्ने काम भइरहेको जानकारी दिए। उनले दिउँसो ३ बजेसम्म गिरफ्तारीको कारण बाहिर आउन सक्ने बताए।

प्रकाशित: ३ असार २०७३ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App