४ वैशाख २०८१ मंगलबार
समाज

सुर्खेतमा तीनसय २८ मानसिक बिरामी

फाइल फाेटाे

सुर्खेत –  यहाँ आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । 

पछिल्लो समय चेतनाको अभावका कारण मानसिक रोगले भयानक रुप लिँदै गएका चिकित्सकले बताएका छन् । अहिलेसम्मको तथ्याङ्कअनुसार प्रदेश नं ५, ६ र ७ मा मानसिक रोग बढी देखापर्ने गरेको जनस्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार सुर्खेतमा चालु आवको आठ महिनामा तीनसय २८ जना मानसिक रोगका बिरामी उपचाररत रहेका छन् । 

यो रोग सबैभन्दा बढी युवायुवतीमा देखापरेको भन्दै उनले मानसिक रोग महिलामा बढी देखिए तापनि आत्महत्या गर्नेमा भने पुरुषको सङ्ख्या बढी रहेको बताए । दैनिकजसो ३० देखि ४० मिनेटसम्ममा योग तथा शारीरिक व्यायाम गरेमा, मन खुसी राखेमा यो रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । 

प्रमुख ज्ञवालीले मानसिक रोग विकराल रुपमा फैलिएको भएपनि मानसिक रोगको क्षेत्रमा राज्यले एक प्रतिशत मात्रै लगानी गरेको उनको भनाइ छ । उनले मानसिक रोग निवारणका लागि स्वास्थ्यकर्मीलाई तालिम र यस क्षेत्रमा उचित लगानी पनि हुनुपर्ने बताए । 

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले गुर्भाकोट नगरपालिकाको मेहेलकुना, पञ्चपुरी नगरपालिकाको सालकोट, लेकबेसी नगरपालिकाको दशरथपुरमा मानसिक रोगको परीक्षण र उपचार गर्ने व्यवस्था मिलाएको छ । रासस 

प्रकाशित: २५ चैत्र २०७३ ०६:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App