coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

वासिङ्टन– सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले यसअघि नै भविष्यमा सिरियाली राष्ट्रपति बश्ार अल असदको राष्ट्रप्रति कुनै भूमिका नहुने बताउँदै आएका थिए।

गत हप्तामात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली राष्ट्रपति असदलाई हटाउनुपर्ने भन्दै आफ्नो कार्यनीतिमा उल्लेख गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्डले सिरियाली सरकारले गरेको रासायनिक हमला विश्वकै लागि लाजमर्दाे घटना भएको बताएका छन्। अमेरिकाले गरेको हमला 'जस्तालाई तस्तै'को जवाफ भएको उनले बताए। बीबीसीसँगको कुराकानीमा उनले आफू सिरियाविरुद्ध सैनिक कारबाहीको पक्षमा समेत उभिने बताए।

संयुक्त राष्ट्रसंघका अनुसार उक्त रासायनिक आक्रमणमा २७ बालबालिकाले ज्यान गएको थियो। अमेरिका, बेलायत, फ्रान्सलगायतका पश्चिमी राष्ट्रले सिरियाली सेनाले रासायनिक हतियारको प्रयोग गरी उक्त हमला गराएको दाबी गरेका छन्।

सिरियाली सरकारले भने उक्त आक्रमणमा आफ्नो कुनै सहभागिता नभएको स्पष्ट पारेको छ। विद्रोहीहरुले रासायनिक पदार्थ भण्डारण गरेको ठाँउमा 'ग्यास लिक' गराइ विष्फोटन गराएको सरकारको दाबी छ।

रासायनिक हतियारको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विश्वका अन्य देशले पनि सिरियामाथि सैनिक कारबाहीको माग गर्दै आएको छ।

प्रकाशित: २५ चैत्र २०७३ ०५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App