४ वैशाख २०८१ मंगलबार
राजनीति

यी हुन् प्रदेश ४ मा 'नगर नेतृत्व' लिने आकांक्षीहरु

स्थानीय तह निर्वाचनमा नगरपालिकाका मेयर–उपमेयर बन्ने दौडधुपमा धेरै 'आकांक्षी' लागिपरेका छन्। स्याङ्जा, तनहुँ, गोरखा र लमजुङ जिल्लाका नगरपालिकामा मेयर उम्मेदवारका आकांक्षीको भीड बढेको छ।

प्रमुख दल कांग्रेस, एमाले र माओवादी केन्द्रभित्र नगर प्रमुख बन्ने चाहना धेरैले राखेका छन्। थुप्रै आकांक्षीमध्येबाट एक उम्मेदवार बनाउनुपर्ने भएकाले नेतृत्वलाई दबाब बढ्दो छ। दुई दशकसम्म स्थानीय निर्वाचन नहुँदा नेतृत्व लिने चाहना धेरै नेतामा पलाएको जिल्लास्थित नेताले बताएका छन्। त्यसले पनि 'आकांक्षी' को संख्या बढाएको नेताहरूको आँकलन छ।

तनहुँ जिल्ला

तनहुँमा चार नगरपालिका छन्। ती सबैमा मुख्य दल कांग्रेस, एमाले र माओवादी केन्द्रबाट मेयरमा उम्मेदवार बन्ने चाहना धेरेले देखाएका छन्।

भानु नगरपालिका

भानु नगरपालिकाको मेयर–उपमेयरमा कांग्रेसका रघुनाथ पौडेल, उदय गौली, लक्ष्मी आचार्य, आनन्द त्रिपाठी र श्रीभक्त आचार्य आकांक्षी देखिएका छन्। एमालेका एकबहादुर राना, विद्या ढकाल र भगवती न्यौपानेले पनि चाहना देखाएका छन्। माओवादी केन्द्रका गीता शाही, सीताराम अधिकारी, कृष्णकुमार श्रेष्ठ र दुर्गाबहादुर रावत आकांक्षी छन्। 

भिमाद नगरपालिका 

कांग्रेसका पुष्प पराजुली, चूरामणि खनाल र इन्दिरा खनाल मेयर–उपमेयरमा आकांक्षी देखिएका छन्। एमालेका केदार सिग्देल र काजीमान श्रेष्ठको चर्चा छ। माओवादी केन्द्रका रामबहादुर थापा, अमृत सिग्देल, धु्रव सुवेदी, कृष्णलाल विक र पदमराज सुवेदी पनि आकांक्षी देखिएका छन्।

व्यास नगरपालिका

कांग्रेसका वैकुण्ठ न्यौपाने, अशोककुमार श्रेष्ठ, शान्तिरमण वाग्ले र समुन्द्र गोदारको प्रमुख–उपप्रमुखमा चर्चा छ। एमालेका श्रीराम कार्की, प्रदीप अधिकारी र मंगलप्रसाद श्रेष्ठको चर्चा छ। माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपाने र राजेन्द्रकेशरी न्यौपानेको चर्चा छ। अतिन्द्र र राजेन्द्र बाबुछोरा हुन्।

शुक्लागण्डकी नगरपालिका 

कांग्रेसका कृष्ण पण्डित, महेश भट्टराई र किसान गुरुङको चर्चा छ। एमालेका शेषमणि आचार्य, रामचन्द्र उपाध्याय, मुक्ति तिमिल्सेना र रेखा थापाको नाम आएको छ। माओवादी केन्द्रका दिनेश गौतम, थुमबहादुर विक, बुद्धिसागर रिमाल, मुक्ति सिग्देल र विष्णु खत्री आकांक्षी देखिएका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका व्यास नगर इन्चार्ज अतिन्द्रकेशरी न्यौपानेले उम्मेदवार छनोटका लागि तयारी भइरहेको बताए। 'धेरैजना उम्मेदवार आकांक्षी छन्। तीमध्येबाट एकजना उम्मेदवार बन्ने हुन्', उनले भने, 'पार्टीमा पुर्‍याएको योगदान हेरेर जित्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाइनेछ।'

स्याङ्जा जिल्ला

स्याङ्जामा पाँच नगरपालिका छन्। ती सबै नगरपालिकामा पहिलो मेयर बन्ने चाहना धेरैकोे छ। दलका नेताहरू आफ्नो पक्षमा उम्मेदवारी लिन अहिले दौडधुप गरिरहेका छन्।

गल्याङ नगरपालिका

कांग्रेसका श्यामप्रसाद बस्याल, लालगोपाल अर्याल, गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ र खगिशरा भण्डारी मेयर–उपमेयरका आकांक्षी देखिएका छन्। एमालेका भूपराज अधिकारी, धनमाया विक र रामवीर गुरुङको चर्चा छ। माओवादी केन्द्रका लोकेन्द्र थापा, टेकनाथ न्यौपाने र नरबहादुर राना आकांक्षी देखिएका छन्।

चापाकोट नरगपालिका

कांग्रेसका देवबहादुर खाँड, रामचन्द्र पंगेनी र शिव गिरीको प्रमुख–उपप्रमुखका लागि चर्चामा आएको छ। यसैगरी, एमालेका रामचन्द्र भट्टराई, बुद्धिमान श्रेष्ठ र सोभियत ढकालको नाम अगाडि आएको छ। माओवादी केन्द्रका राजु कोइराला र बद्री डोटेल चर्चामा छन्।

पुतलीबजार नगरपालिका

कांग्रेसका तर्फबाट तुलसी रेग्मी, किरणबन्धु अर्याल, तुलसी गिरी, दीपक लम्साल, वेदप्रसाद तोरंगाको चर्चा छ। एमालेका तर्फबाट पुतलीबजारमा सीमा क्षेत्री, मीनप्रसाद गुरुङ र महेश पुरी आकांक्षी देखिएका छन्। माओवादी केन्द्रका नारायण लम्साल, संघ ताम्राकार र अमृता अर्यालको नाम चर्चा छ।

भीरकोट नगरपालिका

कांग्रेसका तोयनाथ अर्याल, छायाराम खनाल, देवी अर्याल, सीमा कर्माचार्य, गोविन्द कर्माचार्य र दीपेन्द्र केसी चर्चामा आएका छन्। एमालेका सन्तोष केसी, दुर्गादत्त भुसाल, हर्कबहादुर गुरुङ र राजन केसी आकांक्षी देखिएका छन्। माओवादी केन्द्रका चन्द्रबहादुर रोका र मिनप्रसाद कोइराला आकांक्षी देखिएका छन्।

वालिङ नगरपालिका

कांग्रेसका दिलीपप्रताप खाँण र कल्पना तिवारीको नाम चर्चामा छ। एमालेका वालिङमा पद्मा अर्याल, शोभाकान्त पौडेल, मोहन रेग्मी, उदय श्रेष्ठ र पुण्य अर्यालको चर्चा छ। माओवादी केन्द्रका प्रकाश न्यौपाने, कल्पना अर्याल, होमबहादुर गुरुङ र नित्यानन्द तिवारीको चर्चा छ। 'करिब बीस वर्षपछि चुनाव हुन थालेकाले आकांक्षी बढी देखिएका छन्। त्यसले गर्दा नेता धेरै उत्पादन हुँदैछन्', कांग्रेस स्याङ्जाका सभापति कमलप्रसाद पंगेनीले भने, 'उम्मेदवारको आकांक्षा राख्नु स्वाभाविक हो।' 

गोरखा जिल्ला

गोरखमा दुई नगरपालिका छन्। ती नगरमा मेयरका उम्मेदवार बन्न राजनीतिक दलका नेताबीच हानथाप चलेको छ। मेयर–उपमेयरका लागि अहिले पार्टीभित्रै आफ्नो पक्षमा जनमत बढाउन र टिकटका लागि नेताहरू दौडधुपमा व्यस्त छन्। गाउँगाउँमा चुनावी अभियान चलाएर कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन जोडबलले उनीहरू कसरत गरिरहेका छन्।

गोरखा नगरपालिका

कांग्रेसबाट प्रमुख–उपप्रमुखमा राजनराज पन्त, धीरन थापा र भूगोल थापा दाबेदार देखिएका छन्। माओवादी केन्द्रका परशुराम रम्तेल, लेखबहादुर थापा, कमला नहर्की र कृष्ण रानाको नाम चर्चामा छ। त्यस्तै, एमालेका विश्वेश्वर कट्टेल, सम्झना देवकोटा र यादव बस्नेतको चर्चा छ। राप्रपाका रुद्रराज पाण्डे र सरोज कुँवर आकांक्षी छन्। नयाँ शक्ति पार्टीका ज्ञानेन्द्र कुमालको नाम पक्कापक्कीजस्तै छ।

पालुङटार नगरपालिका

कांग्रेसका दीपक कँडेल, नारायण गुरुङ, देवराज पाण्डे, गेहेन्द्र बिष्टको नाम मेयर–उपमेयरका लागि पार्टी पंक्तिमा चर्चा छ। एमालेका जुद्धविलास भण्डारी, ओम बराकोटी र प्रकाश न्यौपानेको नाम अग्रपंक्तिमा छ। माओवादी केन्द्रका खोपबहादुर कँडेल र गुणराज देवकोटा अकांक्षी देखिएका छन्। पालुङटारमा राप्रपाका उमानिधि पाण्डे, सुशील पन्त र राजन देवकोटाको नाम अगाडि छ। नयाँ शक्ति पार्टीबाट पालुङटारमा हरिशरण आचार्य, लक्ष्मी देवकोटा, अशोक देवकोटा, उमाकान्त देवकोटा दाबेदार देखिएका छन्।

लमजुङ जिल्ला

लमजुङमा चार नगरपालिका छन्। नगरपालिकाका मेयरका आकांक्षी गाउँगाउँ पुगिरहेका छन्। चुनावी मैदानमा दौडिएका नेताकार्यकर्ताले आफ्ना उम्मेदवार जिताउन विकास निर्माणका योजना लिएर मतदातासमक्ष जान थालेका छन्।

बेसीसहर नगरपालिका

कांग्रेसबाट श्रीकान्त घिमिरे, हरिप्रसाद बराल, वृषराज गुरुङ, कृष्णबहादुर अधिकारी, जीवनकुमार श्रेष्ठ र हरिबाबु थापालाई सम्भावित मेयर–उपमेयरका उम्मेदवारका रूपमा चर्चामा ल्याइएको छ। एमालेबाट गुमानसिंह अर्याल, कृष्णप्रसाद अधिकारी, सुभाष पौडेल, लक्ष्मी अधिकारी, गोविन्द बस्नेत र भोजबहादुर रिमाल चर्चामा छन्। यता माओवादी केन्›का शोभा थापा, भुपाल दनाई, वीरबहादुर बोहोरा, देवबहादुर गहतराजलगायत चर्चामा छन्।

सुन्दरबजार नगरपालिका

कांग्रेसबाट द्वारिका मिश्र, ध्रुवबहादुर कुँवर, बद्रीमान श्रेष्ठ, दामोदर अधिकारी, लक्ष्मीकान्त पौडेल, भीमबहादुर दुरा, शुभनाथ मिश्र,  उत्तम गुरुङलगायत मेयर–उपमेयरका लागि चर्चामा छन्। एमालेबाट भीम गुरुङ, रामबाबु श्रेष्ठ, जनकराज मिश्रलगायतको नाम चर्चामा छ। माओवादी केन्›का कृष्ण सुनार, मुरारी भुजेल, शान्ता भुजेललगायतको नाम चर्चामा छ।

मध्यनेपाल नगरपालिका

कांग्रेसका आनन्द घिमिरे, रमेश पाण्डे, पूर्णचन्द्र पोखरेल र विजयराज पौडेललगायतको नाम चर्चामा छ। एमालेबाट राजकुमार श्रेष्ठ, प्रेमलाल श्रेष्ठ, र योगेन्›नारायण शाहको नाम चर्चामा छ। माओवादी केन्›बाट रामचन्› पौडेल, श्रीभ› रेग्मी, र जनार्दन गिरीको नाम चर्चामा  छ।

राइनास नगरपालिका

कांग्रेसबाट मेयर पदका लागि डिकेन्›राज कँडेल, खड्गबहादुर गुरुङ, गोविन्द धिताल, राजकुमार पाण्डे, रामकृष्ण कडेंल लगायतको नाम चर्चामा छ। एमालेबाट सिंहबहादुर थापा, मातृका खनाल र रामचन्› भटट्को नाम चर्र्चामा छ। यस्तै माओवादी केन्›बाट मेखबहादुर भण्डारी, देउबहादुर पौडेल, इन्दिरा पोखरेललगायत आकांक्षी देखिएका छन्।

सन्तोष पोखरेल/पोखरा, नरहरि सापकोटा/गोरखा र किसान संगीत नेपाली/लमजुङ को सहयोगमा

 

प्रकाशित: २५ चैत्र २०७३ ०४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App