coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सेन्ट लरेन्समाथि शंकरदेवको जित

काठमाडौं- आयुष्मान बमको अर्धशतकप्रेरित शंकरदेव क्याम्पसले बिहीबार युनिभर्सिटी कप क्रिकेटमा सेन्ट लरेन्स कलेजलाई ४९ रनले पराजित गरेको छ। आयुष्मानले ६१ रन बनाएपछि टस जितेर ब्याटिङ रोजेको शंकरदेवले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

आयुष्मानले सोमेश यादवसँग पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गरेका थिए। सोमेशले ३५ रनको योगदान गरे।

सेन्ट लरेन्सका इशानसिंह बानियाँले ३ विकेट लिए भने अभिशेष थापाले २ विकेट लिए।

१ सय ६४ रनको लक्ष्य पछ्याएको सेन्ट लरेन्सले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय १४ रन मात्र जोड्न सक्यो। सेन्ट लरेन्सका लागि सबैभन्दा धेरै अमितले ३२ तथा प्रसून थापाले २१ रन बनाए। ओपनर अभिशेषले १८ तथा उमेश ठकुरीले १२ रन जोडे।

शंकरदेवका प्रकाश विष्ट, आशिष पोखरेल, लोकेन्द्र धामी र विनोद भट्टराईले समान २/२ विकेट लिए। बिहीबारै दोस्रो खेलमा नेपाल कमर्स क्याम्पसले कसमस कलेजलाई ८ विकेटले पराजित गर्‍यो। कमर्स क्याम्पसका नवीन थापाले ६ विकेट लिएपछि टस जिटेर ब्याटिङ गरेको कसमसले १४.४ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

प्रकाश विष्ट र हिमांशु दत्तले दोस्रो विकेटका लागि ५७ रनको साझदोरी गरेपछि ६८ रनको लक्ष्य कमर्स क्याम्पसले ६.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो। प्रकाश विष्टले ३६ रन बनाए भने हिमांशु २१ रनमा अविजित रहे।

प्रकाशित: २५ चैत्र २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App