६ वैशाख २०८१ बिहीबार
खेल

युवराजको आक्रामक ब्याटिङ

हैदराबाद- युवराज सिंहको आक्रामक ब्याटिङप्रेरित साबिक विजेता सनराइजर्स हैदराबादले बुधबार रोयल च्यालेन्जर्स बेङलोरलाई ३५ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल)को दशौं संस्करणमा राम्रो सुरुआत गरेको छ।

युवराजले २७ बलमा ६२ रन बनाएको खेलमा अफगानिस्तानका युवा खेलाडी रसिद खानले महŒवपूर्ण २ विकेट लिएपछि हैदराबादको जित सहज बन्यो।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७ रनको योगफल बनाएको थियो। निरन्तर विकेट गुमाएको बेङ्लोरले १९.४ ओभरमा १ सय ७२ रन मात्र जोड्न सक्यो।

हैदराबादका लागि शिखर धवन र मोसिस हेनरिक्सले दोस्रो विकेटका लागि ७४ रनको रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए। ४० रन बनाएका धवन आउट भएपछि क्रिजमा आएका युवराजले आक्रामक इनिङ खेल्दै २७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। युवराजले हेनरिक्ससँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे। आइपिएल इतिहासमा सबभन्दा तीव्र गतिमा अर्धशतक पूरा गर्ने क्रममा युवराजले २३ बलमा ५० रन बनाए। त्यस्तै ३४ बलमा अर्धशतक पूरा गरेका हेनरिक्सले ३ चौका र २ छक्का हान्दै ५२ रनको योगदान गरे। दीपक होडा र बेन कटिङ समान १६ रनमा अविजित रहे।

बेङ्लोरका लागि ओपनर क्रिस गेल र मन्दीप सिंहले राम्रो सुरुआत गरे पनि मध्य तथा तल्लो क्रमका ब्याट्सम्यानले राम्रो गर्न सकेनन्। ३२ रन बनाएका गेलले मन्दीपसँग पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए। मन्दीपले २४ रन बनाए। त्यसपछि केदार जाधव र ट्राभिस हेडले तेस्रो विकेटका लागि ५६ रनको साभेदारी गर्नुबाहेक अन्यले लामो इनिङ खेल्न सकेनन्। जाधवले ३१ तथा हेडले ३० रन बनाए। कप्तान शेन वाट्सनले २२ रन जोडे।  

प्रकाशित: २५ चैत्र २०७३ ०३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App