coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

अमेरिकी चित्रकारले नेपालमा चित्र कोर्ने

काठमाडौं- अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टरले नेपालको भित्तामा चित्र कोर्ने भएका छन्। आगामी शनिबार जावलाखेलस्थित स्टाफ कलेजमा आयोजना हुने 'सांस्कृतिक मेला'मा उनले भित्तेकला देखाउन लागेका हुन्।

नेपाल र अमेरिकाको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको मौकामा अमेरिकन दूताबासले आयोजना गर्न लागेको कार्यक्रममा गेब्रिएलले चित्र कोर्नेछन्। कार्यक्रममा नेपाल र अमेरिकाका कलाकारहरुले संयुक्त रुपमा सांगीतिक प्रस्तुत गर्नुसँगै ब्रेक डान्स, कवितावाचन लगायतका प्रस्तुति दिनेछन्।

अमेरिकी दूताबासका संस्कृति मामिलासम्बन्धी अधिकारी विलियम हल्टन जुनियरले भने, 'मेलामा चित्रकलाबाहेक कर्न्सट, बे्रकडान्स, कविता वाचन र स्केटबोर्ड स्टन्टलगायतका कार्यक्रम हुनेछन्।'

नेपाली र्‍यापर निर्णय श्रेष्ठ, कान्त डब डब, मेन्टल रेडियो, आर्ट ल्याब, स्केट नेपाल र फ्राग्मेन्ट्सलगायतले प्रस्तुति दिनेछन्। 'नयाँ एल्बम सार्वजनिक गरेलगत्तै 'सांस्कृतिक मेला'मा सहभागी हुँदैछु। मेलामा नयाँ एल्बम 'एक नेपाल, एनएसके स्टाइल' को नयाँ र पुराना गीतहरु प्रस्तुत गर्नेछु,'र्‍यापर तथा गायक श्रेष्ठले भने।

मेलामा लोकतन्त्र, निर्वाचन, युवा अभियान र उद्यमशीलता आदिका बारेमा युवालाई प्रोत्साहन गर्ने विभिन्न सामाजिक संस्थाहरूको स्टल समेत राखिनेछन्।

प्रकाशित: २५ चैत्र २०७३ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App