८ वैशाख २०८१ शनिबार
राजनीति

गृहमा कांग्रेस मन्त्रीहरुको आकस्मिक बैठक, राजीनामा मनस्थितिमा निधि

उपप्रधान तथा गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसबाट सरकारमा रहेका मन्त्रीहरुको आकस्मिक बैठक गृह मन्त्रालयमा बोलाएका छन्। बैठकमा निधिले राजीनामा दिने विषय उठाएको स्रोतले बतायो।

स्रोतका अनुसार कांग्रेस मन्त्रीहरु समक्ष उपप्रधान तथा गृहमन्त्री निधिले राजीनामा दिने चाहना व्यक्त गरेका छन्। 'उहाँले राजीनामाको इच्छा गर्नुभएको छ। हामीले उहाँलाई राजीनामा नगर्न सम्झाइरहेका छौं', बैठकमा सहभागी एक मन्त्रीले भने।

गृह मन्त्रालयको बैठकमा प्रकाशशरण महत, अर्जननरसिंह केसी, केशब कुमार बुढाथोकी, बालकृष्ण खाँड, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, रोमी गौचन थकाली लगायत कांग्रेसका सबै मन्त्रीहरु छन्।

प्रधानमन्त्री पुष्कपमल दाहालले मन्त्रिपरिषद बरियतामा निधिभन्दा कमल थापालाई अगाडि ल्याएपछि विवाद बढेको हो। यही विवादका कारण दुई सातादेखि मन्त्रिपरिषद बैठक बस्न सकेको छैन।

केपी ओली सरकार ढालेर यो सत्ता गठबन्धन निर्माणमा मुख्य योगदान पुर्‍याएका निधि पहिलो ठूलो पार्टी कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरिरहेका छन्। चौथो दलका राप्रपाका अध्यक्ष थापा सरकारमा सहभागी नहुँदासम्म निधि प्रधानमन्त्री पछि दोस्रो बरियतामै थिए। प्रधानमन्त्री दाहालले थापालाई दोस्रो बरियतामा राख्न चाहेदेखि विवाद चुलिएको हो।

स्रोतका अनुसार कांग्रेस मन्त्रीहरु समक्ष उपप्रधान तथा गृहमन्त्री निधिले राजीनामा दिने चाहना व्यक्त गरेका छन्। 'उहाँले राजीनामाको इच्छा गर्नुभएको छ। हामीले उहाँलाई राजीनामा नगर्न सम्झाइरहेका छौं', बैठकमा सहभागी एक मन्त्रीले भने।

प्रकाशित: २४ चैत्र २०७३ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App