८ वैशाख २०८१ शनिबार
राजनीति

अतिवादीलाई रोक्न मधेशी दलसहितको चुनाव हुनुपर्छः शेखर काेइराला

वीरगन्ज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मधेशी मोर्चालाई सामेल गराएर निर्वाचन सम्पन्न गराने प्रयास भइरहेको बताएका छन्। ‘काठमाडौंले मधेसको सम्बेदनशीलता बुझ्न सकेको छैन, नेपाली कांग्रेस, माओवादी र एमालेले चाहेर मात्र देशमा स्थिरता आउन सक्दैन्’ उनले भने, ‘आन्दोलित रहेको मधेशमा मधेसी मोर्चा मध्यममार्गी शक्ति हो, मध्यममार्गी शक्तिले भाग लिएन भने प्रदेश नम्बर २ मा निर्वाचन भए पनि अप्ठ्यारो परिस्थितीमा परिन्छ, भोली जातीय द्वन्द निम्त्याउछ । यस प्रदेशमा सल्बलाई रहेका अतिवादी शक्तिहरु हावी हुन सक्छन् ।’

मोर्चालाई समेत सामेल गराएर अगाडी बढे मात्र देशमा स्थिरता आउने उनको भनाइ थियो । सहमति गरेर अगाडी बढ्न सके सिमांकन बिवाद पनि चाँडै टुँगिने उनले बिश्वास जनाए । मोर्चासहित राजनीतिक दलहरुको सहमतिमा ‘टर्म अफ रिफरेन्स’ (टिओआर) बनाएर सिमांकनको लागि सिफारिस आयोग बनाउनु पर्ने उनले पार्टीको धारणा ब्यक्त गरे । बलियो टिओआर दिएर सकैले पनि उसको सिफारिस काट्न नसक्ने गरी आयोग बनाउनु पर्ने उनको भनाई थियो । ‘यो भयो भने अर्को दुई महिनामा सिमांकनको विवाद पनि टुँगिने छ,’ काँग्रेस नेता कोइरालाले भने, ‘आउदो ३१ गते नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले यि सबै बिषयमा राजनीतिक निकास निकाल्न छलफल बोलाउनु भएको छ ।’

निर्वाचन अहिले अपरिहार्य भएकोले निर्वाचन अहिले हुँदैन कि भन्ने शंका नगर्न उनले आग्रह गरे । नेपाली काँग्रेसले मधेसी मोर्चा लगायत असन्तुष्ठ पक्षलाई समेटेर लैजाने प्रयासमा लागेका उनको दावी थियो । संबिधान संसोधनको प्रस्ताव निर्णयार्थ लगिदा सुरुमा संबैधानिक भेनेका एमालेले अहिले बिरोध गरिरहेकोमा उनले चिन्ता जनाए । आगामी निर्वाचमा स्थानीय तहको टिकट सोही तहको बुथ कमिटीका अध्यक्षहरुले दिने र टुँगो नलागे क्षेत्रले तथा जिल्लाले सहजिकरण गर्ने बताउदै नेता कोइरालाले पार्टीको तर्फबाट उम्मेदवार हुने टिकट केन्द्रले नदिने नीतिगत निर्णय रहेको बताए ।

एक अर्को प्रसङ्गमा बोल्दै उनले नेपाल प्रहरीको माहानिरिक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला न्यायालयको सम्मानका लागि मान्य भए पनि सुनुवाई अन्तराष्ट्रिय न्यायिक मान्यता बिपरित भएको बताए । निषेधाज्ञा जारी गर्ने ३ जना न्यायधीश समेतको पूर्णइजलासले फैसला गरिएको भन्दै उनले प्रक्रियामा असन्तोष जनाए । निषेधाज्ञा जारी गर्ने न्यायधीश त्यही मुद्दाको फैसलामा पुर्णइजलासमा बस्न नहुने उनले बताए । नेपाल प्रेस युनियन पर्सा शाखाले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित: २४ चैत्र २०७३ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App