७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बस र ट्रक जुध्दा जिम्बाबेमा १७ जनाको मृत्यु

हरारे – जिम्बाबेको मास्भिङगो मार्गमा एउटा बस र ट्रक एकआपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । 

हरारेदेखि २२० किलोमिटर टाढा बुधबार राति दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

प्रहरी प्रवक्ता चारिटी चाराम्बाले बिहीबार १७ जनाको शव निकालिएको जानकारी दिए । उनले अरू ४३ जना घाइते भएको र उनीहरुलाई नजिकैका स्वास्थ्य संस्थामा उपचार गराइएको बताए। 

“बसका चालक पनि घाइते भएकाले अस्पतालमा भर्ना भएका छन् भने ट्रकका चालकको पहिचान हुन सकेको छैन, दुर्घटनाग्रस्त बस र ट्रक दुवै घटनास्थलमै रहेका छन्, दुर्घटना निकै दर्दनाक भएको छ,” उनले भने । 

प्रहरीले दुर्घटना हुनुका कारण र दुर्घटनाका दोषीको खोजी गरिरहेको प्रहरी प्रवक्ता चाराम्बाले जानकारी दिए । 

सरकार नियन्त्रित सञ्चार संस्थाले दुर्घटना भएको बसमा ६० जना यात्रु रहेको र ट्रकले टायर ढुवानी गरेको जनाएको छ । रासस/सिन्ह्वा 

प्रकाशित: २४ चैत्र २०७३ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App