coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र सिले पाँच बुँदामा छलफल गर्ने


बेइजिङ – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ । 

विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटबार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ । 

उनीहरुका बीचमा यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटबार्ता गर्ने तय भएको छ । 

उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उनीहरुका बीचमा भेटबार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती भएको छ । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन् । 

‘व्यापार’ उनीहरुको दोस्रो प्राथमिकताको विषय हो । राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गरेका थिए । लगानी र व्यापार आदान-प्रदानमा दुवै देशले जोड दिने भएका छन् । 

चीन र अमेरिकाका लागि ‘ताइवान’ पनि अर्को महत्वपूर्ण चासोको विषय बन्दै आएको छ । चीन र ताइवानको सम्बन्धलाई लिएर ट्रम्पले सीसँग छलफल गर्नुहुने भएको छ । चीन र ताइवानको सम्बन्ध बेला बेलामा नराम्रोसँग चिसिने गरेको छ । 

चीन र अमेरिकाको मत बाझिदै आएको अर्को विषय हो ‘दक्षिणी चिनियाँ समुद्र’ । दक्षिणी चिनियाँ समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आउने गरेको छ भने अमेरिकाले त्यसको खरो आलोचना गर्ने गरेको छ । यो फरक मतका विषयमा पनि उहाँहरुका बीचमा यस पटक छलफल हुने एजेन्डामा राखिएको छ । 

चीन र अमेरिकाका बीचमा छलफल हुने पाँचौँ विषयका रुपमा ‘मानवअधिकार’ लाई राखिएको छ । चीन र अमेरिकाको लामो समयदेखिको दुईपक्षीय द्वन्द्व हुने विषय मानवअधिकार पनि हो । रासस/एएफपी 

प्रकाशित: २४ चैत्र २०७३ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App