८ वैशाख २०८१ शनिबार
राजनीति

मानहानी मुद्दामा देउवालाई सर्वोच्चले बोलायो

काठमाडौं– सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।

न्यायाधीश इश्वर खतिवडाकाे एकल इजलाशले देउवालाई बोलाउने आदेश गरेको हो ।

देउवाले आईजीपी प्रकरणमा अदालतको आदेश पालना गर्न नसकिने भनी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता हरि मैनालीले दर्ता गरेको निवेदनमा अदालतले यस्तो आदेश गरेको हो ।

सर्वोच्च अदालतले सरकारले सिफारिस गरेका आईजीपी जयबहादुर चन्दको निर्णय बदर गर्ने फैसला सुनाएको थियो । सर्वोच्चले चन्दका प्रतिस्पर्धी नवराज सिलवाल बरियता क्रममा अगाडी रहेको भनेको थियो ।

सर्वोच्चको उक्त आदेशपछि देउवा र नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले अदातले सरकारको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरेको निर्णय गरेको थियो ।

प्रकाशित: २४ चैत्र २०७३ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App