६ वैशाख २०८१ बिहीबार
खेल

फिफा बरियतामा नेपाल जहाँकाे त्यही, भूटानले उछिन्याे, भारतकाे ठूलाे फड्काे

काठमाडाैं– फिफा बरियतामा नेपाल जहाँकाे त्यही कामय रहेकाे रहेकाे छ । नेपाल १७० अाैं स्थानमा छ । तर, भूटानले भने नेपाललार्इ उछिनेकाे छ ।

भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ ।

फिफाले बिहीबार सार्बजनिक गरेकाे बरियताअनुसार भारतले भने ठूलै फड्काे मारेकाे छ । बरियतामा भारत ३१ स्थानमाथि उक्लिएर १०१ औं स्थानमा पुगेकाे छ ।

अफगानिस्तान ३ स्थान माथि उक्लिँदै १५३ औं स्थानमा पुगेकाे छ । बंगलादेश १९३ अाैं स्थानमा छ भने  श्रीलंका १९७ औं स्थानमा छ ।

पाकिस्तान ३ स्थान तल झरेर २०१ औं स्थानमा पुगेकाे छ ।

सार्क देशहरू मध्ये माल्दिभ्स भने ११ स्थान तल खस्किएर १५३ अाैं स्थानमा पुगेकाे छ ।

प्रकाशित: २४ चैत्र २०७३ ०९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App