८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

सिरियाविरुद्ध अमेरिका, रुस पक्षमा

वासिङटन – संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सिरियाको आक्रमण बारे विभिन्न देशले आ –आफ्नै धारणा राखेका छन् । 
बैठकमा अमेरिका सिरियारकोे विरुद्धमा देखिएको छ भने रुस सिरियाको पक्षमा छ । 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनामा सिरियाली राष्ट्रपति बशर अल असदले सीमा भन्दा बढी तानाशाह देखाएकोमा यस विरुद्ध लगाम लगाउनुपर्ने धारणा राखेका थिए । रुस भने उक्त आक्रमणमा सिरियाली सरकारको कुनै पनि हात नरहेको भन्दै सिरियाकोे पक्षमा देखिएको छ । 
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले रुसले सिरियाली तानाशाह प्रति गरेको समर्थनको विरुद्धमा बोल्दै रुस तथा संयुक्त राष्ट्रसंघले यस विरुद्धमा कदम नचाल्ने हो भने त्यसको सामना अमेरिका एक्लैले गर्ने बताइन् ।
सिरियाली सरकारले आक्रमण गराएको भन्ने प्रचार गलत भएको भन्दै आएको रुसले सिरियाको समर्थन गरेपछि बैठक निर्णय बिनै टुङ्गिएको छ । 
आतंककारीहरूले रासायनिक हतियार राखेको ठाउँमा हवाइ आक्रमण गरेकोले ग्यास लिक भइ उक्त घटना घटेको रुसको भनाई छ । 
मंगलबार सिरियाको विषाक्त आक्रमणमा परी २० बालबालिका सहित ६२ जनाको मृत्यु भएको थियो । घाइतेहरूको उपचारको क्रममा अस्पतालमा समेत आक्रमण भएको थियो । 
अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकहरूले यसबारे अनुसन्धान गर्नका लागि राष्ट्रसंघमा प्रस्ताव पेश गरेका छन् । 
गृहयुद्धको सुरुवातपछि सिरियामा कम्तीमा २ लाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ भने लाखौँ नागरिक देश छोड्न बाध्य भएका छन् । 

 

प्रकाशित: २४ चैत्र २०७३ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App