अमेरिकी विदेशमन्त्री रुस आउँदै

बिहिबार, २४ चैत २०७३, १३ : २१ नागरिक

मस्को –अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्ने भएका छन्। 

रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस आउन लागेको जानकारी दिएको छ । 

मन्त्रालयले यही अप्रिल ११ र १२ तारिखका दिन उनले भ्रमण गर्ने जनाएको छ ।  

भ्रमणका क्रममा टिलरसनले रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग अन्तर्राष्ट्रिय सुरक्षा, स्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँ र सिरिया र युक्रेनमा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्ने भएका छन् । 

“हामी अमेरिकाको नयाँ नेतृत्वसँगको सम्बन्धलाई सकारात्मक बनाउन चहान्छौँ, यस भ्रमणले दुई देशको अवस्थामा सुधार आउने विश्वास गरिएको छ, हामी वास्तविक व्यवहारमा आधारित रहन्छौँ भन्ने हामीलाई लागेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । 

सरकारी अन्य निकायले पनि भ्रमणको पुष्टि गर्दै युक्रेन, सिरिया, उत्तर कोरिया र दुई पक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाएका छन् । 

कतिपय संवेदनशील विषयमा दुई देशका बीचमा विवाद र मतान्तर भइरहेका बेला टिलरसनको पहिलो भ्रमण हुन लागेको हो । रासस/एएफपी 
 






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad