दुई सय महिलाको निःशुल्क उपचार

बिहिबार, २४ चैत २०७३, १३ : १५ नागरिक

पर्वत – यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ । 

आर्थिक अभावका कारण लामो समयदेखि आङ खस्ने समस्या लुकाएर बसेका महिलालाई लक्षित गर्दै दक्षिण पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने पाठेघर तथा आङ खस्ने रोगबाट पीडित महिलाको उपचार गरिएको हो । 

ओमेन फर ओमेन फाउन्डेसन काठमाडौँको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा लामो समयदेखि आङ खस्ने रोगबाट पीडित भएपनि आर्थिक अभावले रोग लुकाएर बसेका छ महिलालाको शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरुको मनिपाल शिक्षण अस्पताल र मनमोहन अस्पताल काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिने संयोजक जीवन ठकुरीले जानकारी दिए । 
ग्रामीण भेगका महिलाले गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्यमा ध्यान नदिँदा उनीहरुमा आङ खस्ने समस्या बढ्दै गएकाले निःशुल्क शिविर सञ्चालन गरिएको हो । 

शिविरमा विदेशी महिला चिकित्सक सहभागी भएको पनि संयोजक ठकुरीले जानकारी दिए । रासस 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad